तानसेन ९ ले ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण र आयुर्वेदिक औषधी वितरण गर्दै

विजयकुमार बौडेल

३० जेठ – तानसेन नगरपालिका वडा नं. ९ मदनपोखराले ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने भएको छ ।

वडा कार्यालयले ६५ बर्ष माथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गर्ने भएको हो । वडा कार्यालयले आगामी असार २ गते शनिबार ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण र आयुर्वेदिक औषधी वितरण गर्ने वडा कार्यालयले जनाएको छ ।

स्वास्थ्य परिक्षणमा आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पाका डाक्टर आउने तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने वडा कार्यालयको सामाजिक जिम्मेवारी रहेको समेत वडाध्यक्ष अर्यालले बताउनुभयो ।

ज्येष्ठ नागरिकहरूलाई मदनपोखरा स्वास्थ्य चौकीमा विहान १० बजे देखि स्वास्थ्य परिक्षण र औषधी वितरण गरिने वडा कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय