विजयकुमार बौडेल –
२८ जेठ – राष्ट्रिय स्वतन्त्र पार्टी तानसेन ८ मदनपोखराको सभापतिमा राजेन्द्र भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।
तानसेन ८ मदनपोखराको भालेबासमा बसेको भेलाले भण्डारीलाई सर्वसम्मत निर्वाचित गरेको हो । रास्वपाले स्थानीय तहका वडा वडामा आफ्ना गतिविधी बढाउदै लगेको छ । तानसेन वडा न ८ मदनपोखरामा आयोजित भेलाले भण्डारीको सभापतित्वमा ११ सदस्यिय वडा कमिटि गठन गरेको हो । त्यस्तै भेलाले नगर कमिटि सचिबमा राम प्रसाद घिमिरे लाई प्रस्ताव समेत गरेको छ । यसैगरी वडा कमिटीको उप सभापतीमा लक्ष्मी बौडेल, सचिब सन्तोष पृथी, सदस्यहरुमा धन बहादुर सोमै, टिकाराम चिदी, संजय सिं ठकुरी, दिपक सारु, अम्बिका भट्टराई, दिपक सापकोटा, सुजन भट्टराई, छबिलाल राना चयन भएका छन ।
कार्यक्रममा नगर सभापति जिवन पाण्डेय, प्रदेश कोषाध्यक्ष दुर्गा अर्याल, प्रदेश सदस्य नारायण न्यौपाने, उप सभापति सुमन गैरेलगाएतले नवनिर्वाचित कमिटिलाई बधाई ज्ञापन गर्दै परिवर्तनको पक्षमा डटेर लड्न अनुरोध गर्नुभयो । नवनिर्वाचित सभापति भण्डारीले राष्ट्रिय राजनीति भन्दा पनी मदनपोखराका नागरिकको जनजिविका सुधार्ने गरि र यहाँका नागरिकलाई आयस्तर संग जोडेर आत्मनिर्भर गराउन योजना बनाएर लाग्ने बताउनुभयो ।