योजना संकलन गर्दै प्रदेश सांसद सारु

विजयकुमार बौडेल

९ जेठ – पाल्पा क्षेत्र नं. १ (२) का प्रदेशसभा सदस्य खेम बहादुर सारुले आफ्नो क्षेत्रका योजना संकलन गर्नुभएको छ ।

सांसद सारुले आफ्नो क्षेत्र भित्र पर्ने जनप्रतिनिधी तथा सरोकारवालाहरुका बीच छलफल गरि योजना संकलन गर्नुभएको हो । प्रदेश १(२) भित्र पर्ने तिनाउ, माथागढी, पुर्वखोला, तानसेन क्षेत्रका जनप्रतिनिधी तथा सरोकारवालाहरु बीच छलफल गरि प्रदेशसभामा प्रस्तावित बजेट विनियोजन गर्ने गरि संभावित योजना संकलन गर्नुभएको हो ।

प्रदेशसभा सदस्य सारुले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार लगायतका सवालहरूमा स्थानीयहरूको सरोकार र सुझावलाई समेत सम्बोधन गर्ने गरी प्रदेशका विभिन्न मन्त्रालय योजना पेश गर्ने बताउनुभयो । छलफलमा सडक स्तरोन्नती, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, फोहोर मैला व्यवस्थापन, पर्यटन सूचना केन्द्रलगायतका महत्त्वपूर्ण विषयहरूमा गहन छलफल सहित अन्तरक्रिया गरिएको छ ।

आफ्नो क्षेत्र भित्र पर्ने १८ वटा सबै वडाहरूको समुचित र न्यायोचित विकासका लागि प्रदेशमा पहल गर्न तत्पर रहेको बताउँदै सारुले विकास निर्माणका लागि नयाँ बन्ने योजनाहरू समेत परिणाममुखी बन्न आवश्यक रहेको बताउनुभयो ।

छलफलमा प्रतिनिधीसभा सदस्य नारायण प्रसाद आचार्यले वडामा हुने योजना छनौटको प्रक्रियालाई सहभागितामूलक बनाई सबै नागरिकहरूको पहुँच स्थापित गर्ने उद्देश्यले योजना संकलन गरिएको बताउनुभयो । आचार्यले समुचित विकासको अभियानमा हातेमालो गर्न प्रदेश र संघिय सांसदले समन्वय गरेर काम गरिरहेको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय