
६ जेठ – आर्थिक बर्ष सकिन २ महिना भन्दा कम समय हुँदा तानसेन नगरपालिकाका ९ प्रतिशत योजना अझै सम्झौता भएका छैनन् ।
तानसेन नगरपालिकाका कुल ४ सय २२ योजना मध्ये ९ प्रतिशत योजना अहिले सम्म सम्झौता नभएको हो । कुल योजना मध्ये ३ सय ८५ वटा योजना सम्झौता भएको छ भने ३७ वटा योजना अझै सम्झौता भएको छैन । कुल योजना मध्ये ५९ प्रतिशत योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
हाल सम्म २ सय ५० वटा योजना सम्पन्न भईसकेको छ भने १ सय ७२ वटा योजना सम्पन्न हुन बाँकी छ । सम्झौता नभएका ३७ वटा योजना बाहेक १ सय ३५ वटा योजना सम्पन्न हुने अन्तिम चरणमा रहेको नगरपालिकाले जनाएको छ ।
वडा नं. १ को जम्मा ३३ वटा योजना मध्ये ३१ वटा सम्झौता भएको छ भने २५ वटा योजना सम्पन्न भएको छ । वडा नं. २ को जम्मा २६ वटा योजना मध्ये २२ वटा सम्झौता भएको छ भने १५ वटा योजना सम्पन्न भएको छ । वडा नं. ३ को जम्मा १८ वटा योजना मध्ये १६ वटा सम्झौता भएको छ भने १० वटा योजना सम्पन्न भएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै वडा नं. ४ को जम्मा २० वटा योजना मध्ये १८ वटा सम्झौता भएको छ भने १३ वटा योजना सम्पन्न भएको छ । वडा नं. ५ को जम्मा ५९ वटा योजना मध्ये ५३ वटा सम्झौता भएको छ भने ३२ वटा योजना सम्पन्न भएको छ । वडा नं. ६ को जम्मा ३५ वटा योजना मध्ये ३३ वटा सम्झौता भएको छ भने ३० वटा योजना सम्पन्न भएको छ ।
वडा नं. ७ को जम्मा ४२ वटा योजना मध्ये ३८ वटा सम्झौता भएको छ भने २७ वटा योजना सम्पन्न भएको छ । वडा नं. ८ को जम्मा २२ वटा योजना मध्ये २१ वटा सम्झौता भएको छ भने १४ वटा योजना सम्पन्न भएको छ । वडा नं. ९ को जम्मा ३२ वटा योजना मध्ये २७ वटा सम्झौता भएको छ भने १६ वटा योजना सम्पन्न भएको नगरपालिकाका सुचना अधिकारी भरत प्रसाद आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै वडा नं. १० को जम्मा ३४ वटा योजना मध्ये ३२ वटा सम्झौता भएको छ भने १६ वटा योजना सम्पन्न भएको छ । वडा नं. ११ को जम्मा २९ वटा योजना मध्ये २८ वटा सम्झौता भएको छ भने १३ वटा योजना सम्पन्न भएको छ । वडा नं. १२ को जम्मा ३३ वटा योजना मध्ये २९ वटा सम्झौता भएको छ भने १८ वटा योजना सम्पन्न भएको छ । वडा नं. १३ को जम्मा २३ वटा योजना मध्ये २१ वटा सम्झौता भएको छ भने ९ वटा योजना सम्पन्न भएको छ । वडा नं. १४ को जम्मा १६ वटा योजना मध्ये १६ वटा सम्झौता भएको छ भने १२ वटा योजना सम्पन्न भएको छ ।