
विजयकुमार बौडेल –
९ जेठ – घाँस काट्ने क्रममा रुखबाट लडेर पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका एक जनाको मृत्यू भएको छ ।
रैनादेवी छहरा गाउँपालिका वडा नं. २ सर्देवा बस्ने ४७ बर्षिय डिल बहादुर बुढाथोकीको रुखबाट लडेर मृत्यू भएको हो । आफ्नै घर नजिकै रहेको स्वामीको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडी घाईते भएका बुढाथोकीको उपचारका लागि गत आईतबार यूनाईटेड मिसन अस्पताल ल्याईएको थियो ।
अस्पतालमा उपचारका क्रममा उनको मंगलबार मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उपचारको क्रममा मृत्यू भएको जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी भुसलडाँडा र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट अनुसन्धान अधिकृत सहितको टोली खटिएको र घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।