तानसेनको प्रमुख उपलब्धी : एक नम्बरमा दरबार परिसरका टहरा हटाईएको बिषय

विजयकुमार बौडेल

६ जेठ – तानसेन नगरपालिकाले सार्वजनिक गरेको २५ प्रमुख उपलब्धीको पहिलो नम्बरमा दरबार परिसरका घरटहरा हटाईएको विषय उल्लेख गरेको छ ।

नगरपालिकाले पाल्पा दरबार परिसरलाई विश्व सम्पदा सूचीमा पार्ने योजना सहित ५७ वटा घरटहरा हटाइएको विषयलाई प्रमुख उपलब्धीको पहिलो नम्बरमा राखेको हो । दोश्रो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधी आएको एक बर्ष पुगेको अवसरमा नगरपालिकाले गरेका विभिन्न २५ उपलब्धी सार्वजनिक गरेको थियो ।

नगरपालिकाले गत बैशाख ६ गते पाल्पा दरबार परिसरका घरटहरा भत्काउने र हटाउने कार्य सम्पन्न गरेको थियो । तानसेन नगरपालिकाले निर्माण गरेका १३ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३ वटा, रेडक्रस सोसाइटी पाल्पा शाखाका ३ वटा, नेपाल बाल संगठनको १ वटा, कर्मचारी मिलन केन्द्रका ३ वटा र वि.सं. १९९८ देखि वि.सं. २०३४ सम्ममा विभिन्न समयमा निर्माण गरेका २४ वटा घरटहरा हटाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीले जानकारी दिनुभयो ।

तानसेन नगरपालिकाले सर्वपक्षिय छलफल गरि दरबार परिसरका टहरा हटाउने कार्य सम्पन्न गरिएको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । नगरप्रमुख श्रेष्ठले यो कार्यमा सबै पक्षको सहयोग पाएको भन्दै यस्तै सहयोग पाए तानसेनलाई व्यवस्थित गर्न आफुसंग अझै धेरै योजना रहेको बताउनुभयो ।

तानसेन नगरपालिकाले दरबार परिसरका घरटहरा हटाएपछी त्यसको व्यवस्थापन भने नगरेको स्थानीयले गुनासो गरेका छन् । पाल्पा दरबारलाई विश्व सम्पदा सुचीमा राख्न तानसेन नगरपालिकाले गरेको पहललाई सबैले सकारात्मक रुपमा लिएर सहयोग गरेको स्थानीयले बताएका छन् ।

नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले यस क्षेत्रको व्यवस्थापनका लागि बजेट विनियोजन गरी टेन्डर अगाडी बढाईएको बताउनुभयो । यस क्षेत्रमा रहेका घरटहराबाट उठ्न बाँकी भाडा नियमानुसार अशुल उपर गर्ने क्रममा रहेको समेत कार्कीले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय