श्रीनगर यातायात सहकारीको प्रारम्भिक साधारण सभा अधिबेशन

४ जेठ – श्रीनगर यातायात सहकारी संस्था लि .को प्रारम्भिक साधारण सभा अधिबेशन सम्पन्न भएको छ ।

कार्यक्रममा तानसेन नगरपालिका निमित्त प्रसासकिय अधिकृत दुर्गा थापाले सहकारी मार्फत यातायात छेत्रमा रोजगारी सृजना संगठित बनाउने उदेश्यले अन्य सहकारीको तुलनामा भिन्न उदेश्य सहित गठन भएको बताउनु भयो । तानसेन नगर पालिका वडा ७ वडा अध्यक्ष प्रदीप खनालले जनताको वित्तीय पहुँच पुग्ने एक मात्र पद्धती सहकारी भएकाले सहकारी मार्फत निम्न आय गरिव तथा विपन्न वर्गका समुदायको जिवनस्तर सुधारका लागि सहकारी पद्धति उपयुुक्त भएको धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा बचत ऋण सहकारी संघ अध्यक्ष जगदीश भट्टराई, पदम गैरे, रानिमहल सहकारि पाल्पा का अध्यक्ष भुगोल बैजु लगाएतले बोल्दै यातायात सहकारी मार्फत रोजगारी सृजना गर्दै युवा शक्ति स्वदेश मै राख्न पहल गर्नु पर्नेमा जोड दिनु थियो । प्रारम्भिक साधारणसभामा संस्थाको आ.व. ०७९÷०८० को प्रगती प्रतीवेदन प्रस्तुत गर्दै तदर्थ समितिका अध्यक्ष डिल बहादुर डुंगानाले श्रीनगर यातायात सहकारी संस्था मार्फत आगामी दिनमा यातायात छेत्रमा ३ जिल्ला भर बिस्तार गर्ने योजना रहेको जानकारी दिनु भयो ।

कार्यक्रममा कोषाध्यक्ष भबिन्द्र गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । प्रारम्भिक साधारण सभाले डिल बहादुर अध्यक्षतामा ११ सदस्यीय संचालक समिति गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा दिपक श्रेष्ठ, उपाध्यक्षमा किरन चित्रकार, सचिबमा सुनिल के.सि र कोषाध्यक्षमा बासुदेब खडका चयन हुनुभएको छ । निबाचित समितिलाई निर्वाचन समितिका अध्यक्ष राजन नेपालले प्रमाण पत्र प्रदान गर्नुभएको थियोे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय