अघोषित लोडसेडिङ विरुद्ध रास्वपा पाल्पाको ध्यानाकर्षण

विजयकुमार बौडेल

२ जेठ – अघोषित लोडसेडिङले पाल्पावासीको दैनिक गतिविधि प्रभावित भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाले विद्युत प्राधिकरण पाल्पालाई ध्यानाकर्षण गराएको छ ।

देश लोडसेडिङ मुक्त भएको अवस्थामा पाल्पामा वर्षौदेखिको अघोषित लोडसेडिङ र अनियमित पावर सप्लाईको गडबढीको समस्या पहिचान तथा समाधान गरी नियमित विद्युत आपूर्ती गर्न माग गर्दै रास्वपा पाल्पाले विद्युत प्राधिकरण पाल्पालाई ध्यानाकर्षण गराएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका सचिव सुमन गैरेले सामान्य हावाहुरी र पानी पर्दा र नपर्दा समेत दिनमा कयौं पटक विद्युत अवरोध भएको भन्दै पाल्पा शाखाले समस्या समाधानमा चासो दिन ध्यानाकर्षण गरिएको बताउनुभयो । गैरेले विद्यार्थीहरुको अनलाईन कक्षा समेत अनियमित विद्युतका कारण प्रभावित भएको भन्दै विद्युत प्राधिकरण पाल्पालाई जिम्मेवार बन्न अनुरोध गर्नुभयो ।

विद्युत समस्याका कारण पाल्पा जिल्लाका उद्योगी, व्यापारी, आम जनताहरु, विद्यार्थीहरु प्रत्यक्ष मारमा परेको बताउँद समाधानको उपाय खोज्नेतर्फ चासो देखाउन प्राधिकरणलाई अनुरोध गरेको जिल्ला सह–संयोजक नारायण न्यौपानेले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय