जनउत्थान लघुवित्त तानसेनको वित्तिय साक्षरता र केन्द्र प्रमुख गोष्ठी सम्पन्न

२७ बैशाख – जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड तानसेन शाखाको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ ।

सीप बिकास महिला बैकिङ समुदाय प्रमुख संगीता दर्नालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका संचालक समिति अध्यक्ष बाबुराम बिस्वकर्माले कार्यक्रमकाे उद्घाटन गर्नुभयाे ।  बिस्वकर्माले सीप जागर तथा उत्साह भएका महिलाहरु माझ पुगेर वित्तीय सेवा पुर्याइ आयआर्जनमा टेवा पुर्याउने उदेश्यले संस्था स्थापना भएको भन्दै संस्था नाफा मुखी नभई सेवा मुखी रहेको बताउनुभयो ।

७० जना सहभागी भएकाे कार्यक्रमको सहजीकरण गर्दै संस्थाका कर्जा बिभाग प्रमुख भरत कुमार रसालीले लघुबित्तको स्थापना तथा सुरुवाती चरण, बचत कर्जाको शिर्षक तथा संस्थाले दिने सेवा सुबिधा, संस्थागत सुचक, संस्थाको संचालनबारे जानकारी दिनुभयो ।

सामाजिक बिकास तथा ग्राहक संरक्षण प्रवद्र्धन बिभाग प्रमुख सन्तोष रसालीले बित्तीय साक्षरताको विभिन्न शिर्षक भित्र रहेर छलफल, लघुबित्तमा देखियको चुनौती तथा समाधानका उपाय बारे जानकारी, विद्युतिय चुलो बारे सदस्यहरु संग अन्तरक्रिया गरि गुनासो तथा सुझाव सङ्कलन गर्नुभयो ।

कार्यक्रममा यस आर्थिक बर्षमा उत्कृष्ठ हुन सफल ३ वटा बैकिङ समुदायलाई प्रमाण पत्र सहित पुरस्कृत समेत गरिएको छ । कार्यक्रममा गतिशील महिला बचतकी सदस्य सन्तोषी श्रेष्ठले संस्थाले बेला बेला गर्ने गरेको सामाजिक क्रियाकलाहरु प्रशंसनिय रहेको बताउनुभयो । बैशाख २६ गते तानसेन स्थित होटेल पौवामा भएको कार्यक्रमको सञ्चालन अनुगमन अधिकृत टोप बहादुर सुनार र शाखा प्रमुख गङ्गा नेपालीले स्वागत मन्तब्य राख्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय