ज्ञानोदय आधारभुत विद्यालय चिदीपानीको मुहार फेरियो, ३ जनाबाट १५० विद्यार्थी

विजयकुमार बौडेल

२४ बैशाख – समुदाय र जनप्रतिनिधीको चाहना भए सामुदायिक विद्यालयले पनी मुहार फेर्न सक्छ भन्ने उदाहरण ज्ञानोदय आधारभुत विद्यालयले प्रस्तुत गरेको छ ।

माथागढी गाउँपालिका वडा नं. १ को ज्ञानोदय आधारभुत विद्यालयले गरेको शैक्षिक प्रगतीका कारण विद्यालयको मुहार परिवर्तन भएको हो । ३ बर्षअघि ५ जना मात्र विद्यार्थी रहेको यस विद्यालयमा अहिले १ सय ५० विद्यार्थी अध्ययनरत रहेका छन् । समुदायका अग्रज शिक्षाप्रेमीको मेहेनत र अभिभावकको विश्वासका कारण विदालयको शैक्षिक सुधार भएको वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । विद्यालयको भौतिक व्यवस्थापन, विद्यालयमा जङ्क फुड प्रतिबन्ध, हरियाली प्रवद्र्धन लगाएतका कामले विद्यार्थी र अभिभावकमा सामुदायिक विद्यालयप्रतिको विश्वास र आकर्षण बढाएको पन्थीले बताउनुभयो ।

बालविकास केन्द्रलाई चालु शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापन गरेपछि बालबालिकाको भर्ना दर बढेको विद्यालयका प्रधानाध्यापक विजयदिप पन्थीले बताउनुभयो । सामुदायिक विद्यालयमा राम्रो पढाई हुंदैन र विपन्नका छोराछोरीले मात्रै पढ्ने हो भन्ने भ्रम चिर्नका लागि ज्ञानोदय आधारभुत विद्यालयले उदाहरण प्रस्तुत गरेको प्रधानाध्यापक पन्थीले बताउनुभयो ।

शिक्षकलाई तालिम, भौतिक पूर्वाधार सुधार जस्ता कार्यक्रमले विद्यार्थी संख्या बढेको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीको भनाई छ । गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयलाई राम्रा संस्थागत विद्यालय सरहको गुणस्तरमा लैजाने लक्ष्य भएको भन्दै पहिलो वर्षको प्रगतिले उत्साहित भएको गाउँपालिका अध्यक्ष चिदीले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय