पाल्पा महोत्सव सम्पन्न, ३ लाख दर्शक, ८ करोड कारोबार

२४ बैशाख – आईतबार सम्पन्न भएको पाल्पा महोत्सव २०८० मा ३ लाख दर्शकले अवलोकन गरेको र ८ करोड रुपैंया बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।
आयोजक पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको १० दिनको महोत्सवमा ८ करोडको कारोबार र ३ लाख दर्शकले अवलोकन गरेको हो । बैशाख १४ गतेदेखि सुरु भएको महोत्सव १० दिनका दिन सम्पन्न भएको हो । पाल्पाको कृषि, पर्यटन, कुटीर उद्योग तथा सांस्कृतिक पहिचानलाई प्रचारप्रसार गर्ने र आन्तरिक बजार प्रबद्र्धन गर्न महोत्सवको आयोजना गरिएको थियो ।

महोत्सवको समापन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकार र उद्योगी व्यवसायीको सहकार्यबाट नै अहिलेको आर्थिक संकटलाई समाधान गर्न सकिने बताउनुभयो । उहाँले सरकार र नीजि क्षेत्रसँगै हिँडेर मात्र अहिले देखिएको आर्थिक संकटलाई समाधान गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा विभिन्न वक्ताहरुले बोल्दै महोत्सव सफल रहेको बताउनुभएको थियो । महोत्सव अबधिभर ८ करोडको कारोबार भएको र तीन लाख दर्शकले मेलाको अवलोकन गरेको महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक विदुर घिमिरेले बताउनुभयो ।

समापन कार्यक्रममा महासंघका केन्द्रीय सदस्य मोहन प्रसाद श्रेष्ठ, राष्ट्रियसभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष राजु महर्जन, पूर्व अध्यक्ष मधुदयाल सैजु, साँस्कृतिक कार्यक्रमका निर्याणक मण्डलकी शकुन्तला बज्राचार्य लगायतले महोत्सवले आर्थिक चलायमान गर्न सहयोग गरेको बताउनुभयो ।

संघका अध्यक्ष शैलेन्द्र भट्टराईको सभापतित्वमा भएको समापन कार्यक्रम संघका उद्योग उपाध्यक्ष उत्तम कुमार बज्राचार्यको धन्यवाद ज्ञापन र महासचिव समिरमान सिंहको सञ्चालनमा भएको थियो ।केही दिन पानी परेर मेलामा समेत अबरोध गरेको थियो । टुंडिखेल मैदान जोगाएर यो वर्ष पाल्पा उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो । कोरोनापछि नै संघले महोत्सव गर्न सकेको थिएन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय