माथागढी ब्याडमिण्टन कप २०८० को उपाधी घर्ती र रानालाई

विजयकुमार बौडेल

२३ बैशाख – माथागढी ब्याडमिण्टन कप २०८० को उपाधी माथागढी ३ का किसन घर्ती र पदम रानाले हात पारेका छन् ।

माथागढी गाउँपालिकाको आर्थिक सहयोगमा सराई ब्याडमिण्टन क्लब माथागढी ३ सराईले आयोजना गरेको गाउँपालिका स्तरिय खुल्ला ब्याडमिण्टन प्रतियोगिताको उपाधी घर्ती र रानाले हात पारेका हुन् । प्रतियोगितामा माथागढी ३ कै पुरन सारु र विशाल थापा दोश्रो भएका छन् । गाउँपालिकाको २ लाख रुपैंया बजेटमा प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष मानध्वज दर्लामीले जानकारी दिनुभयो ।

विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै प्रचिनिधी सभा सदस्य नारायण प्रसाद आचार्यले देलले यूवहारुको शारिरिक, मानसिक र समाजिक व्यक्तित्व विकासमा सहयोग पुर्याउने बताउनुभयो । आचार्यले खेलप्रतिको लगावले यूवाहरुलाई कुलतमा लाग्ने संभावनाको अन्त्य गर्ने बताउनुभयो । आचार्यले खेलले सम्मान र समानताका साथै लैङ्गिक क्षेत्रमा समान सहभागितालाई प्रोत्साहित गर्ने बताउँदै खेलकुदमा युवा सहभागिताले किशोरकिशोरीलाई स्वास्थ्य सम्बन्धी जीवनशैलीमा संलग्न रहन र उनीहरूको शारीरिक स्वास्थ्यलाई प्रभाव पार्ने बताउनुभयो ।

समापन कार्यक्रममा प्रदेश सभा सदस्य खेम बहादुर सारुले खेलकुद, संस्कृति र मनोरञ्जन यूवाहरुको जीवनको अभिन्न अंग हुनुपर्ने बताउँदै व्यायाम प्राप्त गर्न, नयाँ साथीहरू बनाउन र विभिन्न क्षेत्रहरूमा नयाँ क्षमताहरू प्राप्त गर्न खेलकुद उत्कृष्ट तरिका भएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले खेलकुदमा जित र हार सामान्य हो भन्ने अनुभवले भविष्यमा युवाहरूलाई जित–हारलाई सजिलैसँग सामना गर्न प्रोत्साहन गर्ने र खेलकुदले उनीहरूलाई सानै उमेरमा जीवनमा सामना गर्नुपर्ने रणनीतिहरू विकास गर्न सहयोग गर्ने बताउनुभयो । चिदीले यूवाहरुले कठिन परिस्थितिलाई राम्ररी व्यवस्थापन गर्न सक्ने र खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पु¥याउने बताउनुभयो ।

प्रतियोगितामा २७ समुह सहभागी भएका थिए । प्रतियोगितामा प्रथम हुने समुहले २० हजार र दोश्रो हुनेले १० हजार रुपैंया, नगद, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय