सराईको नाली निर्माणकार्य तिब्र, प्रदेश र संघिय सांसदको अनुगमन

विजयकुमार बौडेल

२३ बैशाख – लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भईरहेको माथागढी ३ सराईको नाली निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ ।

सराईको अगहनी क्षेत्रमा प्रदेश सरकारले ९० लाख रुपैंया बजेट विनियोजन गरेपछी नाली निर्माणकार्य तिब्र रुपमा अघि बढेको हो । हाल नाली ढलान गर्ने काम भइरहेको माथागढी ३ सराईका वडा सदस्य मान बहादुर रानाले बताउनुभयो । आगामी असार भित्र निर्धारित काम सहजै सम्पन्न गर्ने समेत वडा सदस्य रानाले बताउनुभयो ।

योजनाको अनुगमन गर्दै प्रतिनिधी सभा सदस्य नारायण प्रसाद आचार्यले काम राम्रो संग अघि बढेको प्रतिक्रिया दिनुभयो । आचार्यले अझै पनी योजना पुर्ण नभएको बताउँदै आगामी दिनमा थग काम गर्न बजेट अभाव हुन नदिने बताउनुभयो । अनुगमन गर्दै प्रदेश सभा सदस्य खेम बहादुर सारुले सडक नाली निर्माणको स्तरोन्नति पश्चात् नागरिकको जीवनस्तर सुधार हुनाका साथै ग्रामीण अर्थतन्त्रमा सुधार आउने बताउनुभयो ।

अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले नागरिकको चाहना र आवश्यकता अनुसार योजना सञ्चालन भएको भन्दै आगामी दिनमा समेत गाउँपालिकाले प्राथमिकताका साथ योजना सञ्चालन गर्ने बताउनुभयो । चिदीले नाली निर्माणले ढलभलको दिर्घकालिन समस्या समाधान हुने विश्वास समेत गर्नुभयो ।

सडक नाली निर्माणले गति लिएपछि स्थानीयवासी पनि खुसी भएका छन् । अनुगमनमा सहभागी नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष तथा स्थानीयबासी रेखिराम रानाले सडकमा नाली नहुँदा ढलभलको समस्या भएको भन्दै अव त्यसको समाधान हुने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय