पाल्पा महोत्सव : फोहर चिनीपानी मिसाएर उँखुको रस बेच्ने स्टल निष्काशित

विजयकुमार बौडेल

२२ बैशाख – पाल्पा महोत्सव २०८० मा उँखुको रस भन्दै फोहर चिनीपानी बेच्ने स्टललाई आयोजकले निष्काशित गरेको छ ।

महोत्सव स्थलको चौर स्टल क्षेत्रमा उँखुको रस बेच्ने नाममा फोहर चिनीपानी मिश्रीत रस बेचेको पुष्टि भएपछी आयोजकले निष्काशित गरेको हो । आयोजक उद्योग वाणिज्य संघ पाल्पाले उपभोक्ताको गुनासो आएपछी चेकिङ गर्दा फोहर चिनीपानी मिश्रीत उँखुको रस बेचेको पाईएकोले स्टलबाट निष्काशन गरिएको जनाएको छ ।

महोत्सवको चौर क्षेत्रमा उँखुको रस बेच्ने २ वटा स्टलले फोेहर चिनीपानी मिसाएर उँखुको रस बेचेको उपभोक्ता चुरामणी ढकालले बताउनुभयो । ढकालले महोत्सव आयोजना गर्नु मात्र ठुलो विषय नभएको भन्दै महोत्सव क्षेत्र भित्र भईरहेका व्यापार र व्यवसायीको लापरबाहीका कारण उपभोक्तामा पर्न गएको मर्काबारे पनी उद्योग वाणिज्य संघ पाल्पा जिम्मेवार हुनुपर्ने बताउनुभयो ।


अर्का उपभोक्ता उमा अर्यालले व्यवसायीको लापरबाहीको कारण उपभोक्ता मर्कामा पर्न नहुने बताउनुभयो । अर्यालले बाहिरबाट आएका व्यापारीले लापरबाही गर्दा भोलीका दिनमा त्यसको असर स्थानीय व्यापारीलाई पर्ने बताउनुभयो ।

उँखुको रस बेच्ने दुई वटा स्टलले फोहर ड्रममा रहेको पानी र चिनी मिसाएर उँखुको रस बेचेका थिए । सानो ग्लासको १०० रुपैंया र ठुलो ग्लासको १५० रुपैंयामा फोहर पानी मिसाएर उँखुको रस बेचेको फेला परेपछी उपभोक्ताहरुले गुनासो गरेका थिए । महंगो पैसा लिएर फोहर र गुणस्तरहिन उँखुको रस बेचेको आरोप उपभोक्ताले लगाएका छन् ।

मुल आयोजक समितिका संयोजक शैलेन्द्र भट्टराईले फोहर चिनीपानी मिसाईएको थाहा पाउने वित्तिकै ५ मिनेट भित्र स्टल हटाउन निर्देशन दिएको बताउनुभयो । भट्टराईले स्टलवालाको सामग्री जफत गरि उपभोक्तालाई असर परेको भेटिएमा क्षतीपुर्ती समेत भराउने बताउनुभयो । भट्टराईले भोली देखी उक्त स्टललाई बेचबिखन गर्न नदिने समेत बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय