अम्रिसो बेचेर जल्पाका किसानद्धारा साढे चार लाख बढी आम्दानी

माया राना

१९ बैशाख – कुचोको रुपमा प्रयोग हुने अम्रिसो बेचेर जल्पा ढोलीमाराका किसानले साढे चार लाख रुपैंया बढी आम्दानी गरेका छन् ।

विगतका बर्षहरुमा जस्तै यस बर्ष पनी पुर्वखोला गाउँपालिका वडा नं. २ जल्पा ढोलीमाराका किसानहरुले ४ लाख ६९ हजार ७ सय असी रुपैंया आम्दानी गरेका हुन् । यहाँका किसानहरुले अम्रिसो बेचेर प्रत्येक बर्ष ४ देखी ५ लाख रुपैंया सम्म आम्दानी गर्ने गरेका छन् । किसानहरुले अम्रिसोको प्रति केजी १ सय २० रुपैंया पाउने गर्दछन् । ढोलीमारामा यसबर्ष ३८ क्विन्टल अम्रिसो उत्पादन भएको ढोलिमारा कबुलियती वन समुहका अध्यक्ष पहल सिंह घतीले जानकारी दिनुभयो ।

यहाँका हरेक किसानहरुले यसबर्ष अम्रिसो बेचेर प्रतिव्यक्ति ५ हजार देखी १५ हजार रुपैंया आम्दानी गरेका छन् । ढोलीमाराको कबुलियती वनमा लगाईएको अम्रिसोका कारण मनमोहक दृष्य देखिनाले पर्यटकहरुको गन्तव्य स्थल समेत बन्ने गरेको छ । पशुपालकहरुका लागि हरियो घाँस पनि हुने हुँदा यहाँका किसानहरुलाई थप सहज भएको र पशुपालन बाट पनि आम्दानी हुने गरेको छ । अम्रिसोकै कारण यहाँका नागरिकलाई स्वरोजगार बन्न सहयोग पुगेको छ ।

सामुहिक रुपमा अम्रिसो खेति गरेका यहाँका नागरिकले सामाजिक एकताले परिबर्तन सम्भब भएको सामुहिक काम गर्दा हरेका व्यक्तिलाई फाईदा हुने यहाँका किसानले बताएका छन् । जिल्ला वन कार्यालय पाल्पाको उत्प्रेरणामा सामुहिक अम्रिसो खेति सुरु गरेका यहाँका किसानले समुहमै काम गर्ने गर्दछन् ।

ढोलीमाराका किसानले अम्रिसो जस्तै बेमौसमी तरकारी पनी समुहमै उत्पादन गर्छन । यहाँ सामुहिक रुपमै किवी खेति पनि सुरु गरिएको छ । पर्यटकिय क्षेत्र चुलिडाडाको काख र ढोलिमारा गाउँको शिरमा रहेको २० हेक्टर क्षेत्रफलमा सामुहिक रुपमा अम्रिसो खेति गरिएको छ । यहाँ उत्पादित अम्रिसो बुटवल, दाङलगाएतका कुचो उद्योगहरुमा बिक्रि हुने गर्दछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय