पाल्पा महोत्सव : यस्ता छन् घरेलु उत्पादनका स्टल (फोटोफिचर)

विजयकुमार बौडेल

१७ बैशाख – पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा १३ औं पाल्पा महोत्सव तानसेनको टुँडीखेलमा चलिरहेको छ । गएको विहीबारदेखि सुरु भएको महोत्सव २४ गतेसम्म चल्ने छ ।

महोत्सवको सुरु भएको दिनदेखि शनिबारसम्म करिव १८ हजार पाँच सय दर्शकले मेला अवलोकन गरेका छन् । जसबाट दुई करोड दश लाखको कारोबार भएको आयोजकले जनाएको छ ।

जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, विक्री, वितरणका साथै राष्ट्रिय तथा बहुराष्ट्रिय उत्पादनको प्रदर्शनीले पछिल्लो समय देखा परेको आर्थिक कारोबारको अवस्था चलायमान बन्ने महोत्सव मूल आयोजक समितिका संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराइले जानकारी दिए । उनका अनुसार यसका साथै पाल्पाको आर्थिक तथा पर्यटन विकासमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

महोत्सवमा स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने किसिमका सास्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मनोरञ्जन गराउन दैनिक रुपमा विभिन्न ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति राख्ने गरिएको प्रचार प्रसार समितिका संयोजक विदुर घिमिरेले जानकारी दिए । उनका अनुसार राष्ट्रिय रुपमा स्थापित लोकदोहोरी कलाकारहरु राजु परियार,शिव परियारलगायतका कलाकारहरुको उपस्थितिले दर्शकलाई तानेको बताए ।

महोत्सवको चौथो दिन आइतबार शिरिष देबकोटा,खेम सेञ्चुरी, कालिका रोकालगायतले आफ्नो प्रस्तुति राखेका छन् । यस्तैगरी सोमबार बद्री पंगेनी, शान्ति श्री परियार आउने छन् भने मंगलबार एलिना चौहान , रामचन्द्र चन्दलगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।

महोत्सवमा महिला उद्यमी, घरेलु तथा कुटीर उद्योग, कृषि उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनीका होटल, अटोमोबाइल्स र फेन्सीलगायतका करिव ३ सय भन्दा बढी स्टल रहेका छन् । महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ । करिव ५ वर्षपछि टृुँडिखेल मैदानमा लागेको महोत्सव हेर्न आउने र्दशकको घँुईचो लागेको प्रचार प्रसार संयोजक घिमिरेको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय