गाउँपालिका राष्ट्रिय महासंघद्धारा तानसेनमा बजेट निर्माणबारे अभिमुखीकरण

विजयकुमार बौडेल

१७ बैशाख – गाउँपालिका राष्ट्रिय महासंघले तानसेनमा स्थानीय तहको योजना प्रक्रियामा बजेट तथा कार्यक्रम तर्जुमा समितिको भुमिका बारे अभिमुखिकरण तथा अन्तरक्रिया गरेको छ ।

रुरु, पाणिनी, छत्रकोट, तिनाउ, रिब्दीकोट र बगनासकाली गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा कर्मचारीहरुबीच अभिमुखीकरण तथा अन्तरक्रिया गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका राष्ट्रिय महासंघका महासचिव तथा कालिगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिम बहादुर थापाले केन्द्र सरकारले समानिकरणको अनुदान कटौती गर्नु गलत भएको बताउनुभयो ।

महासचिव थापाले बैशाख १२ गते सरकारले गाउँपालिका तथा नगरपालिकाहरुको समानिकरण अनुदानमा ५० प्रतिशत बजेट गरेको भन्दै यसबाट पालिकाहरुलाई अप्ठेरो परेको बताउनुभयो । पालिकाहरुले योजना छनौट गरि बजेट विनियोजन गरिसकेको भन्दै महासचिव थापाले सम्पुर्ण पालिकाहरुलाई समस्या परेको बताउनुभयो । थापाले सरकारले यो निर्णय सच्याउनुपर्ने भन्दै समाधान नहुँदा सम्म गाउँपालिका महासंघले संघर्ष गर्ने बताउनुभयो ।

अभिमुखिकरणमा सबै पालिकाहरुलाई सक्षम बनाउने, संघियताको जिम्मेवारी पुरा गर्ने र स्थानीय तहको आगामी बजेट नमुनायोग्य बनाउने बिषयमा सहजिकरण गरिएको थियो । अभिमुखीकरणमा गाउँपालिकाका अध्यक्षहरुले गाउँपालिकाको नीतिगत समस्या, त्यसलाई हल गर्ने उपाय, संघ र प्रदेश सरकार संगको समन्वय, निर्णय कार्यान्वयनलगाएतका विषयमा छलफल गरेका थिए ।

दि यसिया फाउण्डेसन, अष्ट्रेलियन एड र स्थानीय सरकार सबलिकरण कार्यक्रमको सहकार्यमा अभिमुखिकरण सञ्चालन भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय