असहाय बालबालिकाको संरक्षक अभियान नेपालको सामाजिक परिक्षण

विजयकुमार बौडेल

१७ बैशाख – अभियान नेपाल पाल्पाको सामाजिक परिक्षण कार्यक्रम ध्रुवघाटमा सम्पन्न भएको छ । पाल्पा विकास केन्द्रको सहजिकरणमा सामाजिक परिक्षण सम्पन्न भएको हो । पाल्पा विकास केन्द्रका किरण कौशलले सामाजिक परिक्षणको सहजिकरण गर्नुभएको हो ।

अभियान नेपालद्धारा सञ्चालित सिलोम बालगृहमा पाल्पा, नवलपरासी, जाजरकोट, स्याङ्जा, बाग्लुङ र रुपन्देहीका २१ जना अभिभावक विहिन बालबालिका रहेका छन् । जसमध्ये भुसलडाँडा माविमा १०, तानसेन नर्सिङ स्कुलमा १, दमकडा पोलिटेक्निकलमा १ र सेन क्यापितानियोमा ७ जना अध्ययनरत छन् ।

समाजमा आफ्नो अस्तित्व गुमाएका मानिसहरुलाई प्रतिस्थापन गर्ने उद्देश्यका साथ २०६१ सालमा स्थापित अभियान लेपाललाई नेपाली फेमली इनकर्पोरेट, अष्ट्रेलियाले हाल सम्म ७४ लाख ६१ हजार ८ सय ९१ रुपैंया सहयोग गरेको छ । हाल सम्म बालगृहबाट ९३ जना बालबालिका र अन्य विरामीले आवासिय बालगृहमा आश्रम, उपचार र शिक्षा प्राप्त गरेका संस्थाका भविन्द्र गौतमले बताउनुभयो । बालगृहको मासिक रुपमा २ लाख रुपैंया खानपान, शिक्षा, स्वास्थ्य उपचार र कर्मचारी तलबमा खर्च हुने गरेको संस्थाले जनाएको छ ।

बालगृहलाई अहिले यूनाइटेड मिसन अस्पताका स्वास्थ्यकर्मीहरुको टोलीले श्रोत खोज्ने, व्यवस्थापन गर्ने र बालबालिकाको स्वास्थ्य उपचारका लागि सहयोग गरिरहेका छन् । बालगृह र मानसिक पुर्नस्थापना केन्द्रमा ८ जना कर्मचारी रहेका छन् । बालबालिका र केन्द्रमा रहेका विरामीहरुको स्वास्थ्य बिमा गरिएको छ भने बालगृहमा ६० जना आजिवन सदस्य सहित १ सय २६ बढी सदस्यहरुको सहभागिता रहेको संस्थाका अध्यक्ष पुननारायण श्रेष्ठले बताउनुभयो ।

सामाजिक परिक्षण कार्यक्रममा तानसेन नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुनिल बस्याल, जिल्ला प्रशासन कार्यालयका मनोज आचार्य, रास्वपाका नगर अध्यक्ष जिवन पाण्डेय, नेकपा एमालेका जयराम सापकोटालगाएतले बालगृहलाई सरकारी सहयोग, सहकार्य र अभिभावकत्व निर्वाह गर्ने वातावरण तयार हुनुपर्ने, बालबालिकालाई घर पठाउने बेला स्थानीय तहबाट सहजिकरण र सहयोग आवश्यक रहेको जस्ता विषयमा जोड दिनुभयो ।

बालगृहमा खानेपानीको निकै समस्या रहेको, बालगृह पछि घर फर्किने बालबालिकालाइृ जिम्मा लगाउने अभिभावक पाउन मुस्किल जस्ता समस्याहरु रहेको संस्थाले जनाएको छ । संस्थाले नवपजवन मानसिक पुनःस्थापना केन्द्र समेत सञ्चालन गरेको छ । केन्द्रमा ९ जना मानसिक तथा सडकमा वेवारिसे अवस्थामा फेला परेका व्यक्तिहरु रहेका छन् । मासिक डेढ देखी २ लाख सम्म खर्च हुने यस केन्द्रका मानसिक बिरामीहरुलाई कृषि र पशुपालन कर्ममा जोड्ने गरिएको छ । केन्द्रले कृषि फर्म र प्लास्टिक टनेलमा तरकारी खेति गरेको छ भने २ वडा भैंसी, ४ वटा गाई समेत पालेको छ ।

काम पनि उपचार पद्धति भित्र पर्ने र भोली समाजमा फर्किंदा जिवनयापन गर्न सहज बनाउने प्रयास संस्थाले गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय