विजयकुमार बौडेल –
१५ बैशाख – पाल्पा महोत्सव २०८० मा पाल्पा कारागारका कैदिबन्दीले निर्माण गरेको मुढा बिक्रि भईरहेको छ ।
पाल्पा महोत्सवको गेट छिर्ने वित्तिकैको स्टलमा पाल्पा कारागारका कैदिबन्दीले निर्माण गरेको मुढा बिक्रि भईरहेको हो । तानसेनमा सुजन जनरल सञ्चालन गर्दै आईरहेका बालकृष्ण बस्यालले कैदिबन्दीले बनाएका मुढा बेचेर ७ लाख रुपैंया कमाउने लक्ष्य राख्नुभएको छ ।
३ सय ५० रुपैंया देखी ६०० रुपैंया सम्मका मुढा, २ सय ५० रुपैंया देखी ४०० रुपैंया सम्मका नाङ्लो, १०० रुपैंया देखी ३०० रुपैंया सम्मको नाम्लो बिक्रि गरिने सञ्चालक बस्यालले बताउनुभयो । देशका विभिन्न स्थानमा हुने मेलामा सहभागि हुने गरेको बस्यालले बताउनुभयो । बस्यालले अहिले सम्म रामपुर, अर्घाखाँची, रुपन्देही, स्याङ्जालगाएतका मेलामा सहभागि भएको बताउनुभयो ।
बस्यालले हरेक मेलामार्फत ६/७ लाख रुपैंया आम्दानी गरिरहेको बताउनुभयो । स्टलमा हातबाट बनाईएका सामग्रीहरु मात्र विक्रि गरिने गरिएको छ । गाउँघरमा प्रयोग हुने सामग्री भएकाले पाल्पा महोत्सवमा पनि गाउँबाट दर्शक आउने क्रम बढ्दै गएको भन्दै राम्रो व्यापार हुने अपेक्षा गरेको बस्यालले बताउनुभयो ।
महोत्सवलाई ३ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैंयाको कारोबार हुने अनुमान गरिएको महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक विदुर घिमिरेले जानकारी दिनुभयो ।