पाल्पा महोत्सव आजदेखी सुरु (फोटोफिचर)

विजयकुमार बौडेल

१४ बैशाख – पाल्पा महोत्सव २०८० तानसेनमा सुरु भएको छ । महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय वस्तुगत उपाध्यक्ष हेमराज ढकालले गर्नुभएको हो । महोत्सवको उद्घाटनमा जिल्लाका सांसद, राजनैतिक दलका प्रमुख, प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, जनप्रतिनिधी, कर्मचारी लगाएतले पाल्पाको व्यापारमा महोत्सवले सकारात्मक भुमिका खेल्ने विषयमा जोड दिँदै शुभकामना व्यक्त गरेका छन् ।

२ सय ८० स्टल सहभागी भएको महोत्सवलाई आकर्षक र सफल बनाउन स्थानीय र राष्ट्रिय कलाकारको प्रत्येक दिन प्रस्तुति रहने समेत आयोजकले जनाएको छ । यही बैशाख १४ गतेदेखी २४ गते सम्म आयोजना भएको पाल्पा महोत्सव २०८० मा पाल्पालाई करुवा र ढाका बाहेक अदुवाको जिल्लाको रुपमा थप चिनाउन मिल्ने विश्वास लिईएको छ ।

१३ औं संस्करणको रुपमा भएको यस महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्रि, वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनी समेत भएको प्रचारप्रसार उपसमिति संयोजक विदुर घिमिरेले जानकारी दिनुभयो । घिमिरेले महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्धारा उत्पादित वस्तुको प्रदर्शनी भएको समेत बताउनुभयो ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक शैलेन्द्र भट्टराईले बालउद्यान, बैंक तथा वित्तिय संस्थाहरु, अटो माबाईल्सका स्टल र नेवारी तथा मगरि खानाका परिकारहरु समेत रहेको बताउनुभयो । भट्टराईले पाल्पाली उद्यमी व्यवसायीले प्रत्यक्ष रुपमा सहभागितात्मक व्यवस्थापनद्धारा आफ्ना आन्तरिक उत्पादनलाई बजारीकरण गर्न सहज हुने विश्वास लिने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय