पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा आत्रेय

विजयकुमार बौडेल

१२ बैशाख – पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा गुराँस आत्रेय मनोनित हुनुभएको छ ।

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश सरकारले प्रदेश स्वास्थ्य संस्था स्थापना, नविकरण तथा स्तरोन्नती नियमावली २०७७ को नियम २५ बमोजिम प्रदेश सरकार मन्त्रीपरिषद्को २०८० बैशाख ८ गतेको निर्णय अनुसार मनोनित हुनुभएको हो । आत्रेय ३ बर्षका लागि मनोनित हुनुभएको हो । त्यस्तै समितिको सदस्यमा शशि श्रेष्ठ समेत मनोनित हुनुभएको छ । 

पाल्पा अस्पताल विकास समितिको अध्यक्ष पदमा आत्रेयलाई मनोनयन गरिएको लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद कुमार गिरीले जानकारी दिनुभयो । अस्पतालका कर्मचारीहरुले गरेको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष आत्रेयले अस्पतालको विकासका लागि योजना बनाएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

स्वागत कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्की, अस्पतालका व्यवस्थापक प्रफुल्ल शर्मा, निमित्त मेसु विवेक भण्डारी, अस्पतालका डाक्टर रमेश खड्कालगाएतले शुभकामना दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय