विजयकुमार बौडेल –
६ बैशाख – तानसेन दरबार परिसरका टहरा हटाउने निर्णय गरेपछी तानसेन नगरपालिकाले विचल्लीमा पर्ने व्यापारिहरुलाई विकल्प दिएको छ ।
नगरपालिकाले टहरा हटाउँदा निकै समस्या परेका र विचल्ली नै हुने अवस्थाका व्यापारिहरुलाई अध्ययनका आधारमा अन्यत्र सटरको विकल्प दिएको हो । नगरपालिकाले विचल्ली हुने अवस्थाका व्यापारिहरुलाई तानसेनकै नारायणस्थानको रेडक्रस भवन नजिकैका ९ वटा सटरमा व्यवस्थापन गर्न सकिने जानकारी दिएको छ । महाचैत्य विहारको अगाडी रहेको खाली स्थानमा सटर निर्माण गरेमा त्यसमा पनी ६ महिना सम्म ५० प्रतिशत राजश्व छुट दिईने नगरपालिकाले जनाएको छ ।
तानसेनमै अन्यत्र आफ्नै विकल्प भएका व्यापारी बाहेक अन्य विचल्ली नै हुने व्यापारिहरुलाई अन्यत्र सटरको विकल्प दिन सकिने तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो । प्रवक्ता कार्कीले विकल्पका सटर दिईने व्यापारिहरुलाई ६ महिनाको राजश्वमा समेत ५० प्रतिशत छुट दिईने बताउनुभयो ।