विजयकुमार बौडेल –
६ बैशाख – तानसेन दरबार परिसरका टहरामा डोजर लगाईएको छ । पाल्पा दरबार संग्रहालय राष्ट्रिय सम्पदाको सुचिमा परेपछी त्यसको सुन्दरताका लागि तानसेन नगरपालिकाले डोजर लगाएको हो ।
दरबार पपिरसरका ५७ टहरामा डोजर लगाएर भत्काईएको छ । बुधबार बिहान ७ बजेदेखी नै नगरपालिकाले टहरा भत्काउन सुरु गरेको हो । नगरपालिकाले ३५ दिने सुचना निकालेर टहरा खाली गर्न सुचित गरेको थियो । बैशाख ४ गते ३५ दिने सुचनाको म्याद सकिएपछी ६ गते बिहान टहरा भत्काउन सुरु गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो ।
तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले सबै प्रक्रिया पुर्याएर घरटहरा हटाउने काम सुरु गरिएको जानकारी दिनुभयो । नगरपालिकाले ३ वटा डोजर प्रयोग गरेर टहरा भत्काउने काम गरिरहेको छ ।