पुष्कर अथक रेग्मीको कृति “अस्तित्व” लोकार्पण

बैशाख ४ – साहित्यकार पुस्कर अथक रेग्मी द्वारा लिखित अस्तित्व कृति लोकार्पण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

नेपाली वाङमयको श्रीबृद्धिको लागि पाल्पा साहित्य समाजको २९ औ स्थापना दिवसको अवसरमा कृतिको बिमोचन गरिएको हो । सेनकालिन ऐतिहासिक आख्यान कृति अस्तित्वका लेखक पुस्कर अथक रेग्मीले कृति आख्यान भएपनि मूलत यो गितीउपन्यास भएको बताउनुभयो । साथै प्रमाणिक शोधखोज , अनुसन्धान र बिशयसामग्रीको अध्ययनबाट कृति तयार भएको बताउनुभयो ।

त्यसैगरी अस्तित्व कृति कुनै काल्पनिक नभै इतिहासकै श्रोतका आधारमा २३ औ कृतिका रुपमा अस्तित्व लेखिएको बताउनुभयो । प्रमुख अतिथि जिल्ला समन्वय समिति का सभापति टङकनाथ खनालले हरेक बिशयका घट्ना क्रम बस्तुनिष्ठ हुने भएकोले तत्कालिन समाजको लागि कृति ऐतिहासिक दस्तावेजका रुपमा रहने बताउनुभयो । त्यसैगरी पाल्पाली सेनकालिन इतिहासबारे सरल भाशामा लेखिएको आख्यान अस्तित्व कृति पाठकहरुलाई प्रभावकारी हुने बताउनुभयो ।

पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिहले केहि वर्ष अघि घटेको दरवार हत्याकाण्ड बारे अहिले सम्म स्पष्ट हुन नसकेको अवस्थामा शताब्दि अगाडि घटेको घटनाबारे लेखकले जतिसुकै प्रमाणिक रुपमा लेखेपनि इतिहास अपुग रहने बताउनुभयो । त्यसैगरी बिभिन्न बिशयमा भ्रम सिर्जना गरी पाठक र श्रोतालाइ अल्मलाउन नहुनेमा जोड दिनुभयो ।

पुस्तककाे समिक्षा गर्दै उपप्राध्यापक पुस्कर आचार्यले पुस्तकमा एकतिसौ अध्यायसम्म पौराणिक लेखनकलाको माध्यमबाट तत्कालिन इतिहासका घटना क्रमलाइ गीतकबितामा समेटेर सेनकालिन ऐतिहासिक ग्रन्थको बीरगाथा गौरबगाथाबारे बताउनुभयो । कार्यक्रममा साहित्यकार गोबिन्द नेपाल , पुरुशोत्तम अर्याल , बिष्णु पन्थ , सबिता भट्टराईले आ-आफ्ना भनाइ सहित शुभकामना ब्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय