दमकडामा माण्डव्य ऋषिको रथयात्रा हुने

विजयकुमार बौडेल
३ वैशाख – तानसेन नगरपालिका वडा नं. ९ को दमकडामा माण्डव्य ऋषिको रथयात्रा कार्यक्रम हुने भएको छ ।

माण्डव्य ऋषिको तपस्या, साधना र शास्त्रार्थस्थल माडी उपत्यकामा बैशाख २२ गते माण्डव्य ऋषिको रथयात्रा कार्यक्रम हुने भएको हो । नेपालमै माण्डव्य ऋषिको मन्दिर भएको एकमात्र स्थान तानसेन ९ को दमकडामा माण्डव्य ऋषिको रथयात्रा गर्न लागिएको तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो ।

रथलाई माण्डव्य ऋषिको मन्दिर दमकडाबाट सुरु गरि दमकडा बजार घुमाईने कार्यक्रम रहेको वडा कार्यालयले जनाएको छ । विहान साढे ११ बजे रथ उठाउने कार्य गरिने वडाध्यक्ष अर्यालले बताउनुभयो ।

माण्डव्य ऋषिको तपोभूमिको रूपमा माडीफाँटको दक्षिण दमकडामा माण्डव्य ऋषिको मन्दिर रहेको छ । सन्त माण्डव्य ऋषिलाई चोरको आरोप लगाएर पाता फर्काइ कुटेर छाडिदिए पछि उहाँको माडी फाँटको पूर्व दक्षिणमा अवस्थित सरापकोट भन्ने ठाउँमा गई माडी फाँटको अन्न खाने मान्छेको बुद्धि पछिबाट मात्र आओस भनी श्राप दिएका हुँदा अहिले पनि अन्नप्राशन (भातखुवाई) गर्दा माडीफाँटको अन्न प्रयोग गरिदैन ।

यस सम्वन्धी विस्तृत विवरण पद्म पुराणमा रहेको जानकारहरु बताउँछन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय