२७ चैत्र – रम्भा गाउँपालिका, ताहुँमा कुशन बनाउने तालिम सम्पन्न भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड ताहुँ शाखाको आयोजनामा तालिम सञ्चालन भएको हो ।
समुह नम्बर ३९ का केन्द्र प्रमुख रोशनी सारुको अध्यक्षतामा भएको तालिमको उद्घाटन रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले गर्नुभएको हो । तालिमको उद्घाटन गर्नुहुँदै अध्यक्ष भण्डारीले तालिममा सिकेको सीप व्यवहारमा लागु गरेर महिलाहरुलाई आत्मनिर्भर बन्न अनुरोध गर्नुभएको छ । संस्थाका कर्मचारी विवस परियारको स्वागतबाट शुरु भएको तालिममा रम्भा गाउँपालिका वडा नम्बर –५, ताहुँका वडा अध्यक्ष खुमाकान्त बस्याल, ताहुँ बजार व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद श्रेष्ठ, संस्थाका क्षेत्रीय प्रबन्धक भरत काफ्ले, अनुगमन अधिकृत मन प्रसाद फुयाल लगायतले शुभकामना व्यक्त गर्नुभयो ।
रम्भा माध्यमिक विद्यालयको सभाहलमा भएको तालिममा ६० जना महिलाहरुले कुशन बनाउने सीप सिकेको शाखा प्रबन्धक दिवश खाम्चाले बताउनुभयो । तालिमको सहजीकरण सुस्मिता शर्माले गर्नुभएको हो ।