२७ चैत्र – बुद्धविकास माध्यमिक विद्यालय तिनाउ ५ कोलडाँडामा बार्षिक परिक्षाको नतिजा प्रकाशन तथा विद्यालयमा हालै स्थाई नियूक्ति भई आएका शिक्षकहरुलाई स्वागत गरिएको छ ।
नतिजा प्रकाशनका क्रममा नर्सरी देखी कक्षा ९ सम्मका कक्षा शिक्षकहरुले कक्षा ५ र ८ को बाहेक नतिजा सार्वजनिक गर्दै विद्यार्थीको विषयगत उपलब्धीस्तरका बारेमा जानकारी समेत गराउनुभएको थियो । कार्यक्रमका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर रास्कोटी र प्रधानाध्यापक राजेन्द्र प्रसाद चौहानले विद्यालयका नवनियूक्त स्थाईहरु शान्ता ढुंगाना र रामरतन यादवलाई टिका खादा र ढाकाटोपीले स्वागत गर्नुभयो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रास्कोटी र प्रधानाध्यापक चौहानले विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको सिकाई सहजीकरणको लागि सबै शिक्षकहरु पेशागत मर्यादामा रहेर आधुनिक प्रविधिको प्रयोग गर्दै सक्रियताका साथ शिक्षण कार्यमा लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।
नवनियूक्त शिक्षकहरुले आफ्नो योग्यता र क्षमताको उच्चतम सदुपयोग गर्दै सक्रिय र ईमान्दारिताका साथ शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।