
विजयकुमार बौडेल –
२७ चैत्र – तानसेनमा जवरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
चैत्र २२ गते राती ९ बजेको समयमा जवरजस्ती करणी गरेको आरोपमा तानसेन ११ गाबुडाँडाका ३७ बर्षिय लिलाबहादुर बस्याल पक्राउ परेका हुन् । तानसेन नगरपालिका बस्ने १० बर्षिय नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा बस्याल पक्राउ परेका हुन् ।
पिडित बालिकाको आफन्तले जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी दिएपछी बस्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।