मासु व्यवसायी समिति पाल्पाद्धारा भित्तेपात्रो विमोचन

विजयकुमार बौडेल

२७ चैत्र – मासु व्यवसायी समिति पाल्पाले नयाँबर्ष २०८० को भित्तेपात्रो विमोचन गरेको छ ।

समितिले आफ्ना गतिविधी समेटिएको भित्तेपात्रो विमोचन गरेको हो । समितिका अध्यक्ष भुपेन्द्र केसी सहित कार्यसमिति सदस्यहरुले भित्तेपात्रो विमोचन गरेका हुन् । भित्तेपात्रो विमोचन गर्दै समितिका अध्यक्ष केसीले मासु व्यवसायीहरु नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताउनुभयो ।

कार्यक्रममा समितिका सचिव दिलकृष्ण साहिले पाल्पा जिल्लाका मासु व्यवसायीहरुले सफा र ताजा मासु बेच्ने कामलाई प्राथमिकतामा राखेको बताउनुभयो । समितिका कोषाध्यक्ष दुर्गा पछाईंले मासु व्यवसायीको सेवाप्रति नागरिकहरु सन्तुष्ट रहेको भन्दै सेवाग्राहीको गुनासो सुन्न नपरेको बताउनुभयो ।

कार्यक्रममा कार्यसमिति सदस्यहरु मोहन साही, हरि रावल, बिनोद खाती, दिनानाथ घर्ती, कर्ण बहादुर घर्ती, कुस्मा राना, बिष्णु देबि मश्राङ्गी, फारुख खानलगाएतले अहिले दिँदै आएको गुणस्तरिय सेवालाई दिर्घकाल सम्म दिने प्रतिवद्धता गर्दै नागरिकप्रति समिति जिम्मेवार रहेको बताएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय