नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्धारा पाल्पाको अध्ययन भ्रमण

विजयकुमार बौडेल

२६ चैत्र – नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले देशदर्शन कार्यक्रम अन्र्तगत पाल्पा जिल्लाको अध्ययन भ्रमण गरेको छ ।

नेपाल सरकारका राजपत्राङ्कित तृतिय श्रेणीका अधिकृतहरुले देशदर्शन कार्यक्रम अन्र्तगत पाल्पा जिल्लाको अध्ययन भ्रमण गरेका हुन् । फागुन ३ गतेदेखी प्रतिष्ठानद्धारा संकलन गरिएको ३६ औं आवासिय आधारभूत प्रशासन प्रशिक्षणको कार्यक्रम अन्तरगत देशदर्शन कार्यक्रम सञ्चालन गरिएको समुह संयोजक तथा अध्ययन उप निर्देशक ज्ञानलक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रसेवक कर्मचारीहरुको भूमिकामा देशको भूगोल, समाज, संस्कृती एवम् ऐतिहासिक पक्षहरुको अनुभूती गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको संयोजक श्रेष्ठले बताउनुभयो । श्रेष्ठले पाल्पाको विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् पर्यटकिय स्थान र सम्पदाहरुको अध्ययन अवलोकन गर्ने, स्थानीय समुदायको सामाजिक, आर्थिक अवस्थाबारे अन्तरक्रिया गरि अनुभव लिन काम भएको बताउनुभयो ।

देशदर्शन कार्यक्रमले प्रशिक्षार्थी अधिकृतहरुलाई फरक भुगोल र सामाजिक, सांस्कृतिक परिवेशमा समायोजन भई प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको संयाेजक कृष्ण बहादुर थापाले बताउनुभयो । प्रशिक्षार्थीहरुले पाल्पाको जिल्ला प्रशासन कार्यालय, पाल्पा दरबार, लुम्बिनी मेडिकल कलेज तथा टिचिङ अस्पताल, ढाका तथा करुवा उद्योग, सामुदायिक रेडियो मदनपोखरालगाएतका स्थानको अध्ययन अवलोकन गरेका छन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय