विजयकुमार बौडेल –
२५ चैत्र – होटल पौवाले आफ्नो स्थापनाको ७ औ वर्ष बिबिध कार्यक्रम गरेर मनाएको छ । देशभर ११ वटा शाखा रहेको पौवाले सबै शाखाहरुमा छुट्टाछुट्टै कार्यक्रम राखेर स्थापना दिवस मनाएको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत होटल पौवा तानसेनले प्रभातफेरि सहित लुम्बिनी मेडिकल कलेज, प्रभाष पुगेर बिरामीहरुलाई फलफुल वितरण गरेको छ । होटल पौवा तानसेनका प्रबन्धक यदु भट्टराई, सञ्जु कार्कीलगायतले अन्य कर्मचारीले फलफुल वितरण गरेका थिए । तानसेन शाखाले लुम्बिनी मेडिकल कलेजको प्रसुती वार्डमा भर्ना भएका आमाहरुलाई फलफुल वितरण गरेको हो ।
स्थापना दिवस मनाउन पौवामा आवद्ध कर्मचारी, लगानीकर्ता र शुभचिन्तकहरु नेपाली खाना हाम्रो गौरव, नेपाली खानामा नेपाली उत्पादन प्रयोग गरौं, नेपाली पोशाक हाम्रो पहिचान, म नेपाली खाना मन पराउँछु, म नेपाली उत्पादन प्रयोग गर्छु जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रभातफेरिमा निस्केका थिए । तानसेन शाखाले पञ्चेबाजासहित तानसेन बजार परिक्रमा समेत गरेको थियो ।

पौवाले अघिल्लो साता मात्र आफ्नो एघारों शाखा पोखरामा उदघाटन गरेको थियो भने १२ औं शाखा काठमाडौंको गौशालामा खोल्ने तयारी पुरा भएको होटलका अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिए । १० वर्षमा १०० शाखाको अभियानमा अगाडि बढी रहेको उनले बताए ।



