
प्रेस चौतारी नेपाल पाल्पा शाखाको बैठक सम्पन्न भएको छ ।
केन्द्रीय महासचिव हिरामान लामाको प्रमुख आतित्यथामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको प्रेस चौतारी पाल्पाले जनाएको छ । बैठकले नयाँ वर्ष २०८० को भित्तेपात्रो प्रकाशन गर्ने, संगठनमा विभिन्न अक्षयकोषदाताहरुले स्थापना गरिदिएको पुरस्कार वितरणका लागि सिफारिस समिति गठन गरेको छ । प्रस चौतारी नेपाल पाल्पा शाखाको अक्षयकोष पुरस्कार वितरण कार्याविधि २०७९ अन्र्तगत रहेर सिफारिस समिति गठन गरिएको जिल्ला सचिव नारायण न्यौपानेले जानकारी दिए ।
जस अनुसार शाखाका निर्वतमान अध्यक्ष राजेन्द्र लिगलको संयोजकत्वमा सम्बन्धित अक्षयकोष दाता र पाल्पा इन्चार्ज मिलन विशवकर्मा सदस्य रहनेगरी तीन सदस्यीय पुरस्कार सिफारिस समिति गठन भएको हो । यस्तैगरी बैठकले आगामी बैशाख २७ गते पर्ने पाल्पा शाखाको स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता गर्ने निर्णय गरेको छ , जसका लागि सचिवालय सदस्य विजयकुमार बौडेको संयोजकत्वमा अर्का सचिवालय सदस्य दयाराज न्यौपाने र सहसचिव सन्तोष ज्ञवाली सदस्य रहनेगरी तीन सदस्यीय समिति चयन गरेको छ ।
बैठकले पाल्पा शाखाका सदस्यहरुको सदस्यता विवरण अध्यावधिक गर्ने, चौतारी बुलेटिनको तयारी गर्ने लगायतका विषयमा निर्णय गरिएको छ । बैठकमा लुम्बिनी प्रदेश सहइन्चार्ज रुद्र सुवेदी, केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज मिलन विश्वकर्माको विशेष उपस्थिति रहेको थियो । बैठक प्रेस चौतारी नेपाल पाल्पा शाखाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा बसेको को ।