जन्मदिनमा पालिकाका सबै विद्यालयमा सरसफाई सामग्री वितरण

विजयकुमार बौडेल

चैत्र ९ – तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा पालिका भरीका सबै विद्यालयलाई सरसफाई सामग्री वितरण गर्नुभएको छ ।

अध्यक्ष श्रेष्ठले आफ्नो ४२ औं जन्मदिनको अवसरमा पालिका भरीका ३९ विद्यालयलाई सरसफाई सामग्री वितरण गर्नुभएको हो । अध्यक्ष श्रेष्ठले विद्यालयहरुलाई साबुन, नेलकटर र टावेल वितरण गर्नुभएको हो । श्रेष्ठले विद्यालयहरुलाई ६ महिना सम्म आवश्यक पर्ने सामग्री वितरण गर्नुभएको हो ।

वितरण कार्यक्रममा तिनाउ गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर थापाले शिक्षामा विकास नभईकन अन्य क्षेत्रको विकास हुन नसक्ने भन्दै शिक्षा क्षेत्रको विकास गर्न स्वास्थ्यको पनी उत्तिकै महत्व हुने बताउनुभयो । कार्यक्रममा तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, प्रवक्ता यादव अर्याल, पृथ्वीप्रकाश माविका प्रधानाध्यापक भिमिसरा सुनारी, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक सुरज कार्कीलगाएतले अनुकरणीय कार्य गरेर जन्मदिन मनाएकोमा अध्यक्ष श्रेष्ठलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले अधिकांश रोगहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरसफाईसँग जोडिएको हुने बताउँदै अध्यक्ष श्रेष्ठले वालवालिकाको लागि सरसफाई महत्वपुर्ण हुने र त्यो विद्यालय स्तरबाटै सिकाउनुपर्ने बताउनुभयो । श्रेष्ठले व्यक्ति, परिवार, समाज तथा राष्ट्रको स्वास्थ्य सुधारको लागि गरिने तथा अपनाइने सम्पुर्ण क्रियाकलाप, अभ्यास तथा आचरणमा सरसफाई आवश्यक भएको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले जन्मपदिनमा आफ्नै नाम लेखेको केक आफै काट्ने र बलेको दियो फुकेर निभाउने प्रचलन नेपाली संस्कृती नभएको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय