जन्मदिनमा पालिकाका सबै विद्यालयमा सरसफाई सामग्री वितरण गर्ने घोषणा

विजयकुमार बौडेल

चैत्र ९ – तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा पालिका भरीका सबै विद्यालयलाई सरसफाई सामग्री वितरण गर्ने घोषणा गर्नुभएको छ ।

अध्यक्ष श्रेष्ठले आज चैत ९ गते आफ्नो ४२ औं जन्मदिनको अवसरमा पालिका भरीका ३९ विद्यालयलाई सरसफाई सामग्री वितरण गर्ने घोषणा गर्नुभएको हो । अध्यक्ष श्रेष्ठले विद्यालयहरुलाई साबुन, नेलकटर र टावेल वितरण गर्ने घोषणा गर्नुभएको हो । श्रेष्ठले विद्यालयहरुलाई ६ महिना सम्म आवश्यक पर्ने सामग्री वितरण गर्ने बताउनुभयो ।

अधिकांश रोगहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरसफाईसँग जोडिएको हुने बताउँदै अध्यक्ष श्रेष्ठले वालवालिकाको लागि सरसफाई महत्वपुर्ण हुने र त्यो विद्यालय स्तरबाटै सिकाउनुपर्ने बताउनुभयो । श्रेष्ठले व्यक्ति, परिवार, समाज तथा राष्ट्रको स्वास्थ्य सुधारको लागि गरिने तथा अपनाइने सम्पुर्ण क्रियाकलाप, अभ्यास तथा आचरणमा सरसफाई आवश्यक भएको बताउनुभयो ।

उपयुक्त तरिकाले सरसफाई नभएमा मानिसमा विभिन्न रोगहरु सर्ने संभावना हुने भन्दै अध्यक्ष श्रेष्ठले व्यक्ति र परिवारमा पूर्ण रुपमा सरसफाईको अबलम्बन गर्न सकिएन भने पानी जन्य रोगहरु झाडापखाला, आँउ, हैजा आदी रोगहरु लाग्न सक्ने र त्यसको सिकाईका लागि उदाहरणको रुपमा सामग्री वितरण गर्न लागेको बताउनुभयो । श्रेष्ठले आगामी जन्मदिनहरुमा पनी कुनै न कुनै वर्गको लागि सामाजिक काम गरेर निरन्तरता दिँदै जाने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय