विजयकुमार बौडेल –
८ चैत्र – बगनासकाली गाउँपालिका वडा नं. ३ नायरनम्तलेसले सबै योजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको जनाएको छ ।
वडा नं. ३ का २३ वटा योजना मध्ये सबैजसो सम्पन्न हुने चरणमा पुगेको वडा कार्यालयले जनाएको हो । वडा भित्र सञ्चालन भएका सबै योजना सम्झौता गरि कार्यान्वयनको चरणमा रहेको वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता टिका बहादुर थापाले बताए । “२३ वटा मध्ये ९ वटा योजना सम्पन्न भईसकेको छ ।” वडाध्यक्ष थापाले भने, “अन्य धेरै योजनाहरुको काम पनी सम्पन्न भईसकेको छ । भुक्तानीका लागि कागजी प्रक्रिया मात्रै बाँकी रहेको छ ।”
समयमै योजना बनाएर समयमै सम्पन्न गर्ने गरि वडाका जनप्रतिनीधि र कर्मचारी लागिपरेको वडाध्यक्ष थापाले बताए । आयोजना समयमा सम्पन्न नहुँदा तिनको लागत बढ्ने र राष्ट्रको थप व्ययभार हुने हुँदा समयमै योजना सम्पन्न गर्ने कामलाई प्राथमिकता दिएको थापाले बताए ।
थापाले वडा कार्यालय बाट विनियोजित भएका योजना लगभग सबैजसो सम्पन्न हुने चरणमा भएको बताए । ठेक्का प्रक्रिया बाट सञ्चालन भएका योजनाहरु केही ढिला हुने भएपनी वैशाख भित्र सबै योजना सम्पन्न गर्ने थापाले बताए ।