
विजयकुमार बाैडेल –
पाल्पामा कक्षा ८ को जिल्ला स्तरिय परिक्षा सुरु भएको छ ।
सबै पालिकाहरुमा एकै पटक कक्षा ८ को जिल्ला स्तरिय परिक्षा सुरु भएको हो । परिक्षाको पालिका स्तरिय प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुले अनुगमन गरेका छन् । माथागढी गाउँपालिकामा कक्षा ५ र ८ को वार्षिक परीक्षा शुरु भएको छ । माथागढीमा कक्षा ४, ६, ७ र ९ को समेत वार्षिक परीक्षा सुरु भएको छ । कक्षा ५ र ८ को परीक्षाको लागि गाउँपालिकाले केन्द्राध्यक्ष र निरीक्षकहरुको व्यबस्थापन मिलाएको छ । वार्षिक परीक्षाको सम्पूर्ण प्रश्नपत्र गाउँपालिकाको शिक्षा समितिले तयार पारेको हो । माथागढी गाउँपालिका भित्र ४१ वटा सामुदायिक र ४ ओटा निजी बिद्यालयहरु रहेका छन ।
जसमध्ये ५ वटा सामुदायिक बिद्यालयहरुमा कक्षा १–८, १० वटामा कक्षा १–१०, ५ वटामा कक्षा १–१२, ३ वटामा कक्षा १–३ र २३ वटा प्रा.वि. रहेका छन । निजी बिद्यालयको परीक्षा भने प्याब्सनले १२गतेदेखि सन्चालन गर्ने बताएको छ । गाउँपालिका स्तरीय परीक्षाको सम्पूर्ण जिम्मा गाउँपालिकाले लिने भएको हो ।
त्यस्तै रिब्दीकोट गाउँपालिकामा पनी पालिका स्तरिय परिक्षाको अनुगमन भएको छ । रिब्दिकोट गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय खस्यौली र भैरब जनता माध्यमिक विद्यालयको अनुगमन भएको हो । पालिका अध्यक्ष नारायण बहादुर कार्की, प्रमुख प्रशासकिय अधिकृत पवन अर्याल, कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका सदस्य सुनिल बस्याल तथा पत्रकारहरुको टोलीले परिक्षाको अनुगमन गरेको हो । पहिलो दिन अनिवार्य अंग्रेजीको परिक्षा बिद्यार्थीहरुले शान्त र भयरहित वातावरणमा दिएका छन् ।
त्यस्तै रम्भा गाउँपालिकामा पनी कक्षा ८ को जिल्ला स्तरिय परिक्षाको अनुगमन भएको छ । पालिकाका शिक्षा शाखा प्रमुख मिनादेवी आचार्य र परिक्षा समिति सदस्य तुलसा पौडेलले रविकिरण माध्यमिक विद्यालयको अनुगमन गर्नुभएको हो । रम्भा गाउँपालिका भरिमा २ सय ७७ जना विद्यार्थीले कक्षा ८ को परिक्षा दिएको प्रमुख आचार्यले बताउनुभयो ।