विजयकुमार बौडेल –
७ चैत्र – रिब्दीकोट गाउँपालिकाले सडकछेउँको नालीमा वेवारिसे अवस्थामा फेला परेको एक जना कुष्ठरोगी पुरुषलाई उद्दार गरेको छ ।
भारतिय मुलका ती पुरुष रिब्दीकोट गाउँपालिका वडा नं. ३ हिरापोखराको सडकछेउँ अचेत भई नालीमा लडिरहेको अवस्थामा फेला परेका थिए । वेवारिसे अवस्थामा फेला परेका व्यक्तिको शरिरमा देखिएको दागहरुले कुष्ठरोगि भएको अनुमान गर्न सकिने शाखा प्रमुख अधिकारीले बताए । हार्थोक प्रहरी, रिब्दीकोट गाउँपालिका र स्वास्थ्य शाखाले उद्दार गरेर ती पुरुषलाई उपचारका लागि यूनाईटेड मिसन अस्पताल तानसेन पठाईएको शाखा प्रमुख अधिकारीले बताए ।
कमजोरीका कारण सडकछेउँ नालीमा लडिरहेका उनलाई गाउँपालिकाको पहलमा प्रहरी र स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीले उनको उद्दार गरेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । गाउँपालिकाले वेवारिसे व्यक्तिलाई उठाएर खाना खुवाएर यूनाईटेड मिसन अस्पतालको सामाजिक शाखाले उपचार गर्ने व्यवस्था मिलाएर पठाईएको गाउँपालिका अध्यक्ष कार्कीले बताए ।
गाउँपालिकाले आफ्नै शाखा बाट सञ्चालित एम्बुलेन्समा अस्पताल पठाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालले बताए । रिब्दीकोट गाउँपालिकाले ३ वटा एम्बुलेन्स सञ्चालन गरिरहेको छ ।