दश दिनको तालिमले माथागढीका महिला व्यवसायीक बन्दै

विजयकुमार बौडेल

१६ फागुन – माथागढी गाउँपालिकाले सञ्चालन गरेको दश दिने तालिमले वडा नं. १ चिदीपानी धैरेनीका सात महिला व्यवसायीक बन्दै गएका छन् ।

माथागढी गाउँपालिकाको उद्यम विकास शाखा बाट सञ्चालित जुत्ता चप्पल बनाउने तालिम लिएपछी धैरेनीका सात जना महिलाहरु व्यवसायीक बन्दै गएका हुन् । गाउँपालिकाको १४ लाख रुपैंया बजेटमा बेसिक लेभलको ब्यूटिपार्लर, एडभान्स लेभलको ब्यूटिपार्लर, सिलाईकटाई र जुत्ताचप्पल बनाउने तालिम सञ्चालन एको थियो ।

जसमा वडा नं. १ चिदीपानी धैरेनीका ७ जना महिलाले जुत्ताचप्पल बनाउने तालिम लिएका थिए । माथागढीको धैरेनी १ सय २३ घर मगर समुदाय बसोबास गर्ने गाउँ हो । अहिले तिनै महिलाहरुले १० दिन तालिममा सिकेकै भरमा गुणस्तरिय जुत्ताचप्पल बनाउन थालेका गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताए । महिलाहरुले सामुहिक रुपमा जुत्ता चप्पल उत्पादन गर्न थालेको हुन् । गाउँपालिकाले मेसिन सहित सामग्री अनुदान सहयोग गरेपछी महिलाहरुलाई जुत्ता चप्पल उत्पादन गर्न थप सहज भएको धैरेनीकी खगिसरा गाहाले बताईन् ।

महिलाहरुले जुत्ताचप्पल उत्पादन गरेर विक्रिवितरण समेत सुरु गरेका छन् । महिलाहरुले ४१ औं मगर एकता दिवसका अवसरमा माथागढी ३ सराईमा आयोजित एक कार्यक्रममा स्टल नै राखेर आफुले उत्पादन गरेको सामग्री विक्रिवितरण गरेका छन् । स्टलमा राखिएका जुत्ता चप्पल विक्रिबाट राम्रो आम्दानी भएको वडा नं. १ का वडाध्यक्ष राजकुमार पन्थीले बताए । उनले आम्दानी गर्न थालेपछी महिलाहरु उत्साहित बनेको र व्यवसायतर्फ उन्मुख भएको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय