प्रचण्डसंग एमालेले राष्ट्रपती लिने सहमती भएकै हो : भट्टराई

विजयकुमार बौडेल

फागुन १० – नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले प्रचण्डसंग एमालेले राष्ट्रपती लिने सहमती भएको र त्यसको कार्यान्वयन हुने बताउनुभएको छ ।

नेता भट्टराईले एमालेले राष्ट्रपती लिने सहमतीको साक्षी राष्ट्रिय स्वतन्त्र पाटी र राष्ट्रिय प्रजातन्त्र पार्टी भएको भन्दै त्यसको कार्यान्वयन हुने बताउनुभएको हो । प्रेस चौतारी पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले एमालेले पार्टीको आन्तरिक सहमतीमा चयन गरेको व्यक्ति नै राष्ट्रपती हुने दावी गर्नुभयो । अहिले कुनैपनी दलसंग एकल बहुमत नभएकाले एउटा पार्टीले मात्र राष्ट्रपती बनाउने अवस्था नरहेको उहाँले बताउनुभयो ।

“राष्ट्रपतीको उम्मेदवारको बिषयमा हामी धेरै हतारिएका छैनौं” नेता भट्टराईले भन्नुभयो, “एमालेले जो निर्णय गर्छ, उही राष्ट्रपती हुन्छ ।” प्रचण्डसंग भएको सहमती पालना हुनुपर्ने नेता भट्टराईको भनाई थियो । पत्रकारहरुका प्रश्नको जवाफ दिँदै नेता भट्टराईले आगामी निर्वाचनमा एमाले भारी मतका साथ पहिलो पार्टी बन्ने अभियानका रुपमा मिसन ग्रासरुट सञ्चालन भएको बताउनुभयो । लुम्बिनीका १२ वटै जिल्लामा उत्साहजनक उपस्थिती र बिषयवस्तु उठानका हिसावले सफल अभिमुखीकरण सम्पन्न भएको उहाँले बताउनुभयो ।

फरक प्रसंग उठाउँदै नेता भट्टराईले पार्टीहरु कहिल्यै पनी बुढा नहुने बताउनुभयो । “पार्टीहरुले नीति, विचार र सिद्धान्त अपडेट गरेनन् भने मात्र बुढा हुने हुन् ।” उहाँले भन्नुभयो, “पार्टीहरुले जनताका लागी ल्याएका नीति, योजना र कार्यक्रमका बिषयमा बहस हुनुपर्छ भन्ने विषयमा नेकपा एमाले दृढ रहेको छ ।” नेकपा एमाले पछिल्लो गतिविधी र अवस्थाका बारेमा अपडेटेड रहेको उहाँको भनाई थियो । नेकपा एमाले पहिलो पार्टी हुनुपर्ने भएपनी जनतालाई कुरा बुझाउन नसक्दा दोश्रो पार्टी भएको नेता भट्टराईले बताउनुभयो ।

नेता भट्टराईले फरक प्रसंगमा नेपालमा फेरी राजतन्त्र ब्यूताउन सक्ने कुनै शक्ति नभएको बताउनुभयो । “राजतन्त्र फेरी ब्यूँतिनु भनेको असंवैधानिक काम हो, पुर्व राजामा फेरी शक्तिमा आउने चाहना हो भने राजनैतिक पार्टी खोलेर जनताको म्यान्डेड लिएर राजनीतिमा आउनुपर्छ ।” उहाँले भन्नुभयो । लोकतन्त्रमा दलको विकल्प दल नै हुनुपर्ने भन्दै नेता भट्टराईले अहिलेका पार्टीहरुमा भएका कमजोरी सच्याएर अघी बढ्नुपर्ने बताउनुभयो । “बहुदलिय व्यवस्थामा १०० प्रतिशत परफेक्ट पार्टी कोही पनी हुँदैनन् ।” नेता भट्टराईले कमी कमजोरी सच्याएर स्थिर राजनीतिका लागी एमाले दृढ रहेको बताउनुभयो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय