माथागढीमा आधारभुत उद्घोषण तालिम सुरु

१९ माघ – माथागढी गाउँपालिका वडा नं. ५ हात्तिलुङमा एक हप्ते आधारभुत उद्घोषण तालिम सुरु भएको छ ।

वडा स्तरिय महिला सञ्जाल समितिको मागमा आधारित एक हप्ते उद्घोषण तालिम वडा कार्यालय हात्तिलुङमा सुरु भएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्चेले महिलाहरुले आफ्नो भावना र विचार अविव्यक्त गर्न आधारभुत उद्घोषण तालिम प्रभावकारी हुनेमा विश्वस्त रहेको बताउनुभयो । महिलाहरुले सार्वजनिक कार्यक्रममा आफ्ना विचार राख्न सक्ने र सामाजिक विषयबस्तु उठाउन नसक्ने अवस्थालाई तालिमले समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

वडा नं. ५ हात्तिलुङका महिलाहरु सहभागी रहेको तालिममा पत्रकार विजयकुमार बौडेलले सहजिकरण गर्नुभएको छ । तालिमको पहिलो दिन सहजकर्ता बौडेलले उद्घोषण र यसका प्रकार, उद्घोषण गर्दा ध्यान दिनुपर्ने कुराहरु, उद्घोषणलाई रोजक बनाउन ध्यान दिनुपर्ने विषयलगाएतमा सहजिकरण गर्नुभयो ।

समुहकी अध्यक्ष बोमीसरा कनौजेले महिलाहरुले सार्वजनिक रुपमा आफ्ना कुरा राख्न नसक्ने, कार्यक्रम सञ्चालन गर्न सक्षम नभएका कारण विभिन्न विषयमा पछि पर्ने जस्ता समस्याको समाधान गर्न मागमा आधारित रहेर तालिम सञ्चालन गरिएको बताउनुभयो । कनौजेले तालिम पश्चात महिलाहरु आफ्ना कुरा निर्धक्क राख्न सक्ने र सार्वजनिक कार्यक्रम सञ्चालन गर्न सक्ने हुने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय