रानीमहल र श्रीनगरको आम्दानी गतबर्ष भन्दा बढी

विजयकुमार बौडेल

१४ माघ – तानसेन नगरपालिकाले यसभन्दा अघि ठेक्का दिँदै आईरहेको रानीमहल र श्रीनगरबाट आफै कर उठाउन थालेपछी आम्दानीमा वृद्धि गरेको छ ।

तानसेन नगरपालिकाले आफै कर्मचारी व्यवस्थापन गरि कर उठाउन थालेपछी गतवर्ष भन्दा आम्दानी वृद्धि गरेको हो । यसभन्दा अघि श्रीनगर बाट श्रीनगर पर्यापर्यटन तथा वन व्यवस्थापन समितिले कर उठाउँदै आएको थियो । समितिले गतवर्ष ६ लाख २२ हजार ३२ रुपैंया ५० पैसा आम्दानी गरेको थियो भने नगरपालिकाले यसबर्ष साउन देखी अहिले सम्म १२ लाख ५४ हजार ३ सय ६ रुपैंया उठाईसकेको छ । गतबर्ष भन्दा यो बर्ष श्रीनगर बाट ६ लाख ३२ हजार २ सय ७३ रुपैंया ५० पैसा बढी आम्दानी हो ।

त्यस्तै तानसेन नगरपालिकाले रानीमहल दरबार बाट पनी गत बर्ष भन्दा बढी आम्दानी गरेको छ । नगरपालिकाले रानीमहल बाट गत बर्ष भन्दा ५ लाख ३२ हजार ७ सय ४० रुपैंया बढी आम्दानी गरेको हो । गतबर्ष पौष महिना देखी असार सम्म रानीमहल दरबारको आम्दानी २० लाख ८ हजार ७ सय ६० रहेको थियो । नगरपालिकाले यसबर्ष २५ लाख ४१ हजार ५ सय रुपैंया आम्दानी गरेको छ ।

गतबर्ष रानीमहल र श्रीनगर घुम्न जाने मुख्य समयमा पनी कम आम्दानी भएको तानसेन नगरपालिकाका कार्यबाहक नगरप्रमुख यादव सिंह कार्कीले बताए । कार्कीले यसबर्ष देखी नगरपालिकाले आफ्नै कर्मचारीलाई खटाएर श्रीनगर र रानीमहल दरबारबाट कर उठाउन थालेको र थप व्यवस्थित गरिएपछी आम्दानीमा वृद्धि भएको बताउनुभयो ।

श्रीनगर र रानीमहल दरबारको आम्दानीमा वृद्धि भएपनी यसको सुधारका लागी भने नगरपालिकाले त्यती चासो दिन नसकेको सरोकारवालाहररुको भनाई छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय