असक्त र दिर्घरोगीलाई रिब्दीकोट ३ को निशुल्क एम्बुलेन्स सेवा

सन्तोष ज्ञवाली

३० पौष – रिब्दीकोट गाउँपालिका वडा नं. ३ ले स्वास्थ्य केन्द्र जान आउनको लागी निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

वडा नं. ३ ले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र जान आउनको लागि असक्त र दिर्घरोगीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको हो । वडा नं. ३ को बैठकले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र खस्यौलीमा उपचारका लागि आउने जाने जेष्ठ नागरिक, मुटु, मृगौला, क्यान्सर, प्यारालाइसिस, दम, अपाङ्ग, हिडडुल गर्न नसक्ने, असक्त, सुत्केरी हुन आउने र फर्किने बिरामीहरुका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको हो ।

वडा कार्यालय बाट तिन लाख रुपैंया बजेट बिनियोजित गरि निशुल्क एम्बुलेन्स सेवाको सुरुवात गरेको वडाध्यक्ष नारायण वहादुर के.सी.ले बताउनुभयो । केसीले आवश्यकता अनुसार थप कार्यक्रम पनी ल्याउने बताउनुभयो ।

निशुल्क एम्बुलेन्स सेवाले विरामीहरुलाई औषधी उपचारमा आउन जान सहज भएको स्थानीय धन बहादुर बि क ले बताउनुभयो । विकले निशुल्क एम्बुलेन्स सेवा पाउने भएपछी आफ्नो घर नजिकै स्थानीय सरकार अभिभावकको रुपमा रहेको महसुस गरेको बताउनुभयो ।

खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रका डा. सुधन न्यौपानेले खस्यौलीका बिरामी मात्र नभएर रिब्दीकोट गाँउपालिकाका सबै बिरामीहरुलाई स्वास्थ्य केन्द्र सम्म उपचारका आउन जान सबै वडाले वजेट छुट्याएर नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक अधिकारको रक्षा गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय