प्रेस चौतारी नेपाल पाल्पाको साधारणसभा रानीमहलमा हुने

विजयकुमार बौडेल

२८ पौष – प्रेस चौतारी नेपाल पाल्पाले २५ औं स्थापना दिवस तथा साधारणसभा रानीघाट दरबारमा गर्ने भएको छ ।

प्रेस चौतारी नेपाल पाल्पाको जिल्ला सचिवालय बैठकले यही माघ २२ गते हुने २५ औं स्थापना दिवस तथा साधारणसभा रानीघाट दरबारमा गर्ने निर्णय गरेको हो । बैठकमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा पाल्पा ईन्चार्ज मिलन विकले ऐतिहासिक रानीघाट दरबारको पर्यटकिय प्रवद्र्धनका लागी संगठनको साधारणसभा रानीमहलमा गर्न लागेको जानकारी दिनुभयो ।

बैठकमा चौतारीका लुम्बिनी प्रदेश सदस्य राजेन्द्र लिगलले चौतारीले रानीमहल क्षेत्रमा साधारणसभा गर्दा पर्यटकिय क्षेत्रको विकासका लागी राम्रो सन्देश जाने बताउनुभयो । बैठकमा जिल्ला अध्यक्ष कृष्ण कार्कीले व्यवसायिक सुदृढिकरणसँगै संगठन बलियो बनाउने अभियानका लागी रानीघाट दरबारमा संगठनको साधारणसभा गर्न लागीएको बताउनुभयो । वर्तमान राजनीतिक अवस्था र सञ्चारकर्मीले खेल्नुपर्ने भुमिकाका विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।

बैठकले रानीमहल क्षेत्रको पर्यटकीय बिकास र यसको प्रचार प्रसारका लागी संचारमाध्यममा समाचार प्रकाशन, प्रशारण गर्ने अवस्थाको सिर्जना गराउन यस साधारणसभाको भुमिका महत्वपुर्ण हुने प्रेस चौतारी नेपाल पाल्पाका सचिव नारायण न्यौपानेले बताउनुभयो ।

साधारणसभाका अवसरमा चौतारी बुलेटिन समेत प्रकाशन गर्ने प्रेस चौतारी नेपाल पाल्पाले जनाएको छ । बैठकले रिमा सोमैको संयोजकत्वमा अतिथि सत्कार समिति र नेत्र गैरेको संयोजकत्वमा खाजा तथा खाना व्यवस्थापन समिति गठन गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय