पुर्वखोला गाउँपालिको १२ औ गाउँसभा सुरु भएको छ ।
गाउसभामा गाउपालिका अध्यक्ष नुन बहादुर थापाले आर्थिक वर्षको प्रगति प्रतिवेदनमा छलफल गर्ने, विभिन्न विधेयक माथि छलफल र पारित गर्ने, योजनाको नाम संसोधन गर्ने, बजेट हेरफेर गर्ने, पुरस्कार वितरण र सम्मान गर्ने प्रस्ताव प्रस्तुत गर्नु भएको छ ।
आर्थिक वर्षमा जम्मा योजना २ सय ८८ रहेकोमा ७२ वटा योजना सम्झौता भएको, १२ वटा योजना सम्पन्न भएको र २ सय ४ वटा योजना सम्झौता हुन बाँकि रहेको गाउँपालिकाले जनाएको छ । गाउँसभामा चालू र पुजिगत गरि २२ प्रतिशत खर्च भएको प्रशासकीय प्रमुख मान बहादुर सारुले जानकारी दिनु भयो ।
गाउँसभाले खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धि विधेयक पारित गरेको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष थापाले योजनाको कामहरु धेरै भए पनि प्रक्रियामा कम देखिएकोले सबै गाउसभा सदस्यहरुलाई नियमित अनुगमन गर्न अनुरोध गर्नु भयो । सभा भोलि सम्म चल्ने छ ।