विजयकुमार बौडेल –
पौष २३ – माथागढी गाउपालिकाले किसान माध्यमिक विद्यालय झंडेवामा एकीकृत घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
गाउँपालिकाले नागरिकलाई स्वास्थ्य संस्थामा जान टाढा हुने भएकाले घरदैलोमै सेवा पुयाउने उद्देश्यले एकिकृत घुम्ति स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा निःशुल्क आँखा परिक्षण गरिएको छ ।
आँखा परिक्षणमा मोतिविन्दु भएकाहरु मध्ये ४१ जनाको शल्य क्रिया गरिएको छ । त्यस्तै भिआईए क्याम्पमा १ सय ६० जना महिलाहरुको पाठघरको परिक्षण गरिएको छ । जसमा ३१ जनालाई इम्प्लान्ट र १ जनालाई आईयूसिडि सेवा दिईएको थियो ।
शिविरमा २ सय १० जनाको प्रत्यक्ष स्वास्थ्य परिक्ष गरिएको स्वास्थ्य शाखा माथागढीले जनाएको छ । टाढा टाढा स्वास्थ्य संस्थामा जानु पर्ने बाध्यता भएकोमा गाउँपालिकाको घुम्ति शिविरले घरनजिकै सेवा पाएकोमा सेवाग्राही खुशी भएका छन् ।
गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले जनतालाई घरदैलोर्म सेवा दिने गाउँपालिकाको लक्ष्यअनुसार घुम्ति शिविर सञ्चालन गरिएको बताउनुभयो । अध्यक्ष चिदीले गाउँपालिकाका हरेक वडाहरुमा क्रमश विभिन्न शिविरहरु सञ्चालन गर्दै जाने समेत समेत बताउनुभयो ।