अर्गलीमा आलु प्रवर्द्धन महोत्सव हुने

विजयकुमार बौडेल

७ पौष – तानसेन नगरपालिका वडा नं. १४ को अर्गलीमा आलु प्रवर्द्धन महोत्सव २०७९ आयोजना हुने भएको छ ।

कृषी क्षेत्रको विकास र प्रवद्र्धन अन्र्तगत आलुको उपयूक्त बजार, संयन्त्र, मुल्य श्रृंखला, बजारको सुनिश्चितताका लागी अर्गलीमा आलु प्रवर्द्धन महोत्सव २०७९ आयोजना हुने भएको हो । ग्रामिण आर्थिक विकास संघ रेडा, पाल्पा र तानसेन नगरपालिकाको समन्वय तथा आयोजना र संयूक्त राष्ट्र संघिय विकास कार्यक्रमको आर्थिक सहयोगमा आलु महोत्सव आयोजना हुने भएको ईबिक कोअर्डिनेटर हिरामणी पराजुलीले जानकारी दिनुभयो । अर्गली पाल्पामै राम्रो आलु उत्पादनको पकेट क्षेत्र हो ।

तानसेन नगरपालिकामा कोभिड १९ प्रतिकार्य तथा एकिकृत हरित जिविकोपार्जन सहयोग परियोजना अन्र्तगत सञ्चालन हुँदै आएको कार्यक्रम मार्फत महोत्सव हुने भएको हो । महोत्सवमा आलुका विभिन्न परिकारहरुका साथै विभिन्न कला तथा संस्कृती झल्काउने सांस्कृतिक कार्यक्रम हुने समेत आयोजकले जनाएको छ ।

तानसेन १४ अर्गलीमा यही पौष ९ गते शनिवार बिहान ११ बजे देखी आलु महोत्सव हुने तानसेन १४ का वडाध्यक्ष शोभाकर भट्टराईले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय