
विजयकुमार बौडेल –
५ पौष – पाल्पामा कोरोना विमा गराएर बिमा रकम रोकिएका नीजि र पारिवारिक बिमाकर्ताले दावी भुक्तानी पाउने भएका छन् ।
कोरोना बिमा गराएर बिमा वापतको रकम भुक्तानी नपाएका नीजि र पारिवारिक बिमाकर्ताले पहिलो चरणमा कोरोना बिमा दावी भुक्तानी पाउने भएका हुन् । पहिलो चरणमा १ सय १७ जनाको चेक तयार भएको सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख करुणा काफ्लेले बताउनुभयो ।
२/३ जना बाहेक नीजि तथा पारिवारिक बिमाकर्ता तर्फ सबैको भुक्तानी हुने भएको प्रमुख काफ्लेले बताउनुभयो । २/३ जनाको पनी कागजपत्र अपुरो भएका कारण बिमा दावी भुक्तानी गर्न नसकिएको प्रमुख काफ्लेले बताउनुभयो । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा जम्मा ५ सय ४० जनाले कोरोना बिमा दावी गरेका थिए ।
यसभन्दा अघी कोरोना बिमाकर्ताहरुले दावी भुक्तानी नपाएको भन्दै सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा भुक्तानीका लागी ज्ञापनपत्र समेत बुझएका थिए । सरकारको निर्णय अनुसार बिमा कम्पनीले बिमा रकम भुक्तानी गर्नु खुसीको कुरा भएको तानसेन १० का बिमाकर्ता नारायण न्यौपानेले बताउनुभयो ।