पोखरीमा डुबेर एक बालकको मृत्यू

विजयकुमार बौडेल –

पाल्पामा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । रैनादेवी छहरा गाउँपालिका वडा नं. १ सिद्धेश्वर साउनेमा पोखरीमा डुबेर बालकको ज्यान गएको हो ।

पोखरीमा पौडी खेल्ने क्रममा गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयघाका १४ वर्षीय मनोज रेश्मीको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाका अनुसार यही साउन १८ गते उनी मामा घर आएका थिए । मामा घर नजिकै रहेको डमराई पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेका हुन् ।

स्थानीयले देखेपछि पोखरीबाट बाहिर निकाल्दा बेहोस अवस्थामा थिए । गम्भीर घाइते उनको जिल्ला अस्पताल पाल्पामा उपचारको क्रममा गएराति सवा ८ बजे मृत्यु भएको डिएसपी थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय