दमकडा माविको दृष्टिविहिन शाखालाई ६० हजार रुपैंयाको अक्षयकोष

विजयकुमार बौडेल

२६ साउन – दमकडा माध्यमिक विद्यालयको दृष्टिविहिन शाखाका लागी सहयोग आउने क्रम बढेको छ ।

दमकडा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको व्यवस्थापनका लागी विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गर्ने क्रम बढेको हो । संस्थाको बार्षिकोत्सव, सामाजिक उत्तरदायित्व, व्यक्तिको विबाह बर्षगाँठ, जन्मदिन, माता पिता तथा आफन्तको स्मृतिलगाएतका कार्यक्रममा दमकडा माध्यमिक विद्यालयको दृष्टिविहिन शाखालाई सहयोग आउने गरेको छ ।

यसैबीच छत्रकोट गुल्मीका देवी प्रसाद भण्डारीको परिवारले दमकडा माध्यमिक विद्यालयको दृष्टिविहिन शाखालाई सहयोग स्वरुप अक्षयकोष स्थापना गरेको छ । बगनासकाली ५ दर्लमडाँडाका हुम प्रसाद कोईरालाको समन्वयमा भण्डारी परिवारले दृष्टिविहिन शाखाका लागी अक्षयकोष स्थापना गरेको हो ।

परिवारका सुस्मा भण्डारी र प्रशान्त भण्डारीसहितले ६० हजार रुपैंया बराबरको अक्षयकोष स्थापना गरेको दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले जानकारी दिनुभयो । अक्षयकोषदाता देवी प्रसाद भण्डारीले विद्यालयको प्रगती र अपांग विद्यार्थीहरुलाई गरेको स्याहारसुसार विगतका बर्षदेखी नै सुन्दै आएको र अहिले सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

भण्डारीले आगामी दिनमा पनी थस सहयोग गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय