एमाले पाल्पा संगठन विभागको बैठक सम्पन्न (यस्ता छन निर्णयहरु)

विजयकुमार बौडेल –

११ साउन – नेकपा एमाले पाल्पाको संगठन बिभागको बैठकले साउन मसान्त सम्म सबै पार्टी सदस्यहरुको नविकरण गर्ने निर्णय गरेको छ ।

बैठकले नयाँ सदस्यता थप गर्ने र ३०० रुपैंया शुल्क लिएर सबै सदस्यको नविकरण गर्ने निर्णय गरेको हो । बैठकले नयाँ सदस्यता शुल्क १०० रुपैंया कायम गरेको छ । संगठन विभागले भदौ मसान्त सम्म जिल्ला, पालिका र वडास्तर सम्म प्रशिक्षण गर्ने समेत निर्णय गरेको छ । एमाले पाल्पाले संगठित सदस्यहरुको विवरण व्यवस्थित तरिकाले अद्यावधिक गर्न मोबाईल एप समेत प्रयोगमा ल्याएको छ ।

एपमा सबै सदस्यहरुको मोबाईल नम्बर राखिने छ । बैठकले विभागको अधक्षमा रामजी पोखरेल र सचिवमा गुरास आत्रेयलाई चयन गरेको छ । विभागमा १० वटा पालिकाका अध्यक्षहरु मात्र रहने छन । बैठकलाई सम्बोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य ठाकुर गैरेले आगामी निर्वाचनमा देशैभर एमाले प्रथम हुने बताउनुभयो । गैरेले संगठनका हिसाबले एमाले सबैभन्दा बलियो पार्टी एमाले भएको भन्दै जनताको समृद्धीका लागि एमालेलो विकल्प नभएको बताउनुभयो ।

बैठकमा जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, एमाले नेताहरु नारायण आचार्य, देवी प्रसाद बस्याल, राम बहादुर राउत, देवीलाल लामिछानेलगाएतले आगामी निर्वाचनमा पाल्पामा एकढिक्का भएर लाग्ने र गरेका राम्रा कामहरु जनता समक्ष पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय